इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जेनजी आन्दोलनको मर्मलाई सम्बोधन गर्दै पार्टी अघि बढिरहेको बताए । बुधबार पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले पछिल्लो आन्दोलनको उद्देश्य र देशको आवश्यकता सम्बोध गर्न लागिपरेको सुनाए ।
सभापति लामिछानेले भने, “रास्वपा र जेनजी आन्दोलनका एजेन्डा मेल खान्छन्, उद्देश्य एकै हुन् । हामी जेनजीका माग सम्बोधन गर्न प्रतिवद्ध छौँ ।” लोकतन्त्रको विकल्प नभएको सुनाउँदै उनले लोकतन्त्र र अहिलेको व्यवस्थामा रहेका कमजोरी सुधार्दै अघि बढ्ने प्रष्ट पारे ।
पहिले देशको अवस्था फेर्नमा ध्यान दिने सुनाउँदै उनले रास्वपा बलियो भएपछि व्यवस्था पनि परिमार्जन हुन सक्ने उल्लेख गरे । “मलाई झुठा मुद्दा लोकतन्त्रले लगाएको होइन, लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र हो,” भने– “हाम्रो सामथ्र्य पुगेपछि व्यवस्थामा परिमार्जन आवश्यक भए त्यो गर्छौँ ।”
आफू साविकमा निर्वाचन लडेको चितवन क्षेत्र नम्बर २ बाटै उम्मेदवार बन्ने जानकारी दिँदै उनले चुनावअघिको गठबन्धन नहुने नहुने प्रष्ट पारे । फागुन २१ मा हुने निर्वाचनबाट रास्वपा बलियो शक्ति बन्ने दाबी गर्दै उनले देशलाई सकारात्मक परिवर्तनको दिशाले लैजाने अठोट व्यक्त पनि व्यक्त गरे ।
“जनताले ठूला आशा गरेका नेताहरु पछिल्लो क्रममा पार्टीमा आएको र नागरिकले विवेक प्रयोग गर्नेमा हामी विश्वस्त रहेको बताए । समानुपातिक उम्मेदवारको सूचीबारे केही विवाद र छलफलमा आएका विषयलाई सम्बोधन गरिने बताए । उनले भने– “समानुपातिकका सबै गुनासा सम्बोधन गर्छौँ किनभने हामीले बोक्नुपर्ने एक जना मान्छे पनि पार्टीमा छैनन ।
उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह रास्वपामा आएपछि आशाको सञ्चार भएको भनाइ छ । “ममाथि ठाउँ ठाउँमा मुद्दा भएकाले मात्र होइन, केही नभएको भए पनि उहाँहरुलाई रास्वपाले दिनुपर्ने ठाउँ त्यही हो,” सभापति लामिछानेले भने –“बालेनजीलाई प्रधानमन्त्रीका रुपमा देशले देख्न चाहेको त्यो सम्भव बनाएरै छाड्ने दृढता पनि व्यक्त गरे ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो