दमक उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः गुरागाई

खगेन्द्र कार्की

दमक । यहाँस्थित दमक उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गोपाल गुरागाई निर्वाचित भएका छन् ।

उनले अध्यक्षका प्रत्यासी भरत चम्लागाई र राजु खड्कालाई पराजित गरि दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भए । गुरागाईले ८९६ मत ल्याउदैं विजयी भए । अध्यक्षका प्रत्यासी चम्लागाईले ५८६ र खड्काले ५०७ मत प्राप्त गरेका थिए ।

निर्वाचन समितिका संयोजक लीला गुरागाईका अनुसार वरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत (८०६) ,प्रथम उपाध्यक्षमा रुवल अधिकारी (९६७), द्वितीय उपाध्यक्षमा टिकाराम खतिवडा (८४८), तृतीय उपाध्यक्षमा सुवास गड्तौला (७००) र महिला उपाध्यक्षमा संगीता तुम्बापो (७८५) निर्वाचित भएका छन् ।

सार्वजनिक गरिएको मतपरिणाम अनुसार वरिष्ठ उपाध्यक्षका प्रत्यासी राजकुमार योङया (५७३),ज्ञानु पौडेलले ५७४ मत ल्याएका थिए । त्यस्तै, पराजित भएका प्रथम उपाध्यक्षका उम्मेदवार तुलसी तिम्सीना (६०७), सुनिल साहले ३६६ मत पाए । द्धितीय उपाध्यक्षका उम्मेदवार नविनकुमार अग्रवाल 

(५९८),रमेश लुईटेल(४९८), तृतीय उपाध्यक्षका उम्मेदवार उमेश गजमेर (५७३) र विवेक श्रेष्ठ (६७८) मत पाएर पराजित भएका थिए ।

यसैगरि, महिला उपाध्यक्षकी उम्मेदवार लोकमाया ढुंगानाले ४३८ र शुष्मा निरौलाले ७१५ मत प्राप्त गरेकी थिइन् । निर्वाचित छ पदाधिकारी मध्ये चम्लागाई समूहबाट बरिष्ठ उपाध्यक्ष बाहेक अन्य गुरागाई प्यानलका उम्मेदवारहरु विजयी भएका थिए ।

६ खुला सदस्यमा निर्वाचितहरु

निर्वाचन परिणाम अनुसार छ खुला सदस्यहरुमा भरत दुलाल, चिरन न्यौपाने, कविन श्रेष्ठ, कुमार श्रेष्ठ, टंकप्रसाद आचार्य र सहदेव भटटराई निर्वाचित भए । खुला सदस्यका उम्मेदवारहरु आनन्द थापा 

(६०३), इन्द्रकुमार श्रेष्ठ (५९५), चक्रमणि निरौला( ४६८ ), तोर्ण बस्नेत (४७७), देवेन्द्र सुब्बा  ( ४७६), नविन बजगाइ (५५६ ), पदम राउत (३९६), मेघनाथ फूयल ( ३४८), युवराज घिमिरे (५८१), शंम्भु भण्डारी (६८८) र सन्तोषकुमार साह (३९६) मत पाएका थिए ।

सात बस्तुगतमा निर्वाचितहरु

सात बस्तुगततर्फ हेमसागर अधिकारी, कृष्णराज दाहाल, टंक ढकाल, डुका कुमाल, बुद्धिशेखर बजगाई, गोकुल खड्का, खेमराज पाण्डे निर्वाचित भए । बस्तुगतका सदस्यका पराजित उम्मेदवारहरु चन्द्र काफ्ले (८३०), महेन्द्र दुलाल (८२८), युवराज पाठक  

(८७४), लालबहादुर विक (७८५), शिवराम श्रेष्ठ (८४९) मत ल्याएका थिए ।

दुई महिला सदस्यमा निर्वाचितहरु

महिला सदस्यतर्फ संगीता प्रसाई  र उर्मिला गुरुङ चुनिएकी छन् । महिला सदस्यका पराजित हुनेहरुमा अन्जना ताम्राकार (४८३), गंगादेवी वजगाई (५३०), बसुदा कडरिया दाहाल ( ६६७), विष्णुमाया उप्रेती (५४१) मत पाएकी थिइन् ।

तीन सदस्यीय लेखा समितिमा निर्वाचित

तीन सदस्यीय लेखा समितिको संयोजकमा भेनस श्रेष्ठ विजयी भए । उनका प्रतिद्धन्दी निलकण्ठ निरौला (६०३) र बिमल बराल (६२९) मत पाएका थिए । यसैगरि, लेखा सदस्यमा ८७४ मत ल्याएर रुपक सापकोटा र ७५३ मत ल्याएर राजकुमार अधिकारी सदस्यमा निर्वाचित भए । लेखा सदस्यका उम्मेदवारहरु नन्दलाल पाण्डे (६७९), विलास यादव (५३१), राधादेवी ढुंगाना (४१९) र सागर लावतीले ४१२ मत पाएका थिए ।

संघको अध्यक्षसहित पदाधिकारीतर्फ विभिन्न ६ पदमा १८ जना , ६ बस्तुगत सदस्यतर्फ १३ जना र ६ खुला सदस्यतर्फ १८ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

यसैगरि, महिलातर्फ दुई सदस्यमा ६ जना र तीन सदस्यीय लेखा समितिमा ९ जनाको उम्मेदवारी परेको थियो ।

२० सदस्यीय कार्यसमितिका लागि ५५ जनाको उम्मेदवारी मनोनयन परेको थियो । शुक्रवार भएको निर्वाचनमा संघमा आवद्ध २२९८ व्यवसायी मतदाता रहेकामा २०२८ मत खसेको थियो ।

खगेन्द्र कार्की
प्रतिक्रिया