इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फाेनिज ) सुनसरीको पाचौं अधिबेशन बाट सुनिल चाैधरी अध्यक्ष पदमा बिजयी भएका छन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फाेनीज )काे माघ ५,६,७ गते पाचथरकाे फिदिममा १ नम्बर प्रदेशको प्रादेशिक महाधिवेशन हुनै लाग्दा,बिभिन्न जिल्लाहरुमा धमाधम अधिबेशन भैरेकाे छ साेहि क्रममा सुनसरी जिल्लाकाे इटहरीमा भएकाे अधिबेशनमा अत्याधिक मत पाएर सुनिल चाैधरी बिजयी भएका हुन ।
भाेला श्रेष्ठ र सुनिल चाैधरीकाे अध्यक्ष पदमा प्रतिस्पर्धा हुदा अध्याधिक मतकाे अन्तरमा सुनिल चाैधरी बिजयी भएका हुन् ।
अध्यक्ष पदमा निर्वाचन भएर सुनिल चाैधरी बिजयी भएका हुन भने उपाध्यक्ष पदमा हिमाल राई,सचिब प्रमिला राई,सहसचिव रश्मि प्रधान,काेषाध्यक्ष स्वर्णिम राई,संस्थागत सदस्य बुद्वहाङ लिम्बू,संस्थागत सदस्य सचिन राई,महिला सदस्य स्मारिका राई,महिला सदस्य टिना चेम्जोङ,अल्पसंख्यक सदस्य कमानसिङ याम्फु,खुल्ला सदस्य सैलेन्द्र चाैधरी,खुल्ला सदस्य धनराज राई निर्बिराेध चयन भएका हुन ।
सुप्रिया राई
२७ पुस २०८१, शनिवार ०३:३० मा प्रकाशित