कोशी प्रदेशका आधा जिल्लाका अपांगता भएका व्यक्तिहरुले रोजगारमूलक तालिमपछि विराटनगरमा क्याफे खोल्ने तयारीमा ।

खगेन्द्र कार्की

https://youtu.be/BXhnNDe7qDs?si=msIiORvPw_SNXY1p

फाष्ट मिडिया नेपाल संवाददाता

दमक । अपाङ्ग (बहिरा) युवायुवतीहरुलाई रोजगारमूलक एक महिना तालिम लिएर विराटनगरमा क्याफे खोल्ने तयारीमा पुगेका छन् । भर्खरै मात्र फाउण्डेशन परियोजना विराटनगरको आयोजना तथा आर.टि.के इस्टिच्युट अफ इटहरीको सहकार्यमा विभिन्न शिपमूलक तालिम दिलाएर प्रमाणपत्र वितरण समेत गरिएको र तिनैमध्येका १० जना मिलेर विराटनगरमा नमूना क्याफे खेल्ने तयारीमा गएका हुन् । झापाको दमकमा ३८ जना युवायुवतीले आवसीय कुक, वेटर, हाउसकिपिङ, वारीष्टा तालिम दिलाएर प्रमाणपत्र वितरण गरिएको छ । 

८–१० जना मिलेर विराटनगरमा खोलिने उक्त क्याफेका लागि सञ्चालक, फाउण्डेशन र केही पालिकाहरु मिलेर सहयोग गर्ने तयारी भईरहेको फाउण्डेशनका प्रबन्धकले जानकारी गराए । उनले भने–आफुहरुले अपांगता भएका आठ, दश जना साथीहरुको सहभागीतामा विराटगरमा नमुना क्याफे खोल्ने योजना रहेको र यदि अपांगता भएको साथीहरु  मिलेर गर्ने भए केही सहयोग फाउण्डको तर्फवाट गर्ने केही पालीकाहरुले गर्ने र केही अपांगता भएको साथीहरु आफैले तयार गर्ने हो भने यो सम्भव रहेको समेत प्रवन्धक दास जानकारी गराए  ।

दुइ चार महिना लगनसील भएर विधार्थीको रुपमा काम सिक्ने त्यस पछि सम्पुर्ण रुपमा तालिम पुरा गरेपछि तालिममा लिएको ज्ञान सीपलाई व्यावहारमा उतारेर राम्रो आर्थीक आयआर्जन गर्न पनि प्रवन्धक दासले तालिममा सहभागीहरुलाई आग्रह गरे ।

झापा, मोरंग, सुनसरी, ताप्लेजुङ, इलाम, धनकुटा, तेहथुम, संखुवासभा लगायतको युवायुतीहरुको सहभागीता रहेको प्रमाणपत्र वितरण कार्यक्रममा दमक नगरपालीका वडा नम्वर आठका वडा अध्यक्ष दिपेस दाहाल, पर्यटन विज्ञ रेवत थापा, पर्यटकीय सौन्दर्य विज्ञ विक्रम श्री लगायतको सहभागीता रहेको थियो ।


खगेन्द्र कार्की
प्रतिक्रिया