दशैं वर्ष दिनमा आउने पवित्र पर्व हो । यस पर्वको सांस्कृति, धार्मिक, ऐतिहासिक विविधि पक्षबाट महत्वपूर्ण मानिन्छ । यहि पर्व कतिका लागि दशैं बन्छ भने कतिका लागि दशा बनेर आइदिन्छ । हुनेखानेका लागि दशैं स्वर्ग झै लाग्छ तर नहुने, गरिखानेहरुका लागि दशैं दशा बनिदिन्छ । आफ्ना घरका बालबच्चा र बृद्धबृद्धाका चाहना र आवश्यकता पुरा गर्न नसक्दा उनीहरुको टाउकोमा हात राखेर बस्न विवश छन् । पछिल्लो समयदेखि दशैंलाई पश्चिमा शैलीमा भडकिलो बनाइएको कारणले पनि गरिखाने र हुँदा खानेहरुका लागि दशैं झन दशा बनेको तथ्य कसैका सामु छिपेको छैन । तर पनि दशैं दशैं नै हो । परम्परा, सांस्कृतिक रितिरिवाजले गाँसिएको पर्व मनाउने हरप्रयत्न सबैले गरेका छन् । कतिले ऋण बोकेर वर्षभरि ऋण तिरेर बस्छन तर कतिले अरुलाई सहयोग गरेर मोक्ष प्राप्त गर्छन । यहि बीचमा अर्को एउटा हुल तिनै गरिब दुःखीहरुले दुःखले कमाएको पैसाबाट अकुत सम्पत्ति आर्जन गरिहाल्ने र मोजमस्तीमा लाग्ने ध्येयका साथ कालोबजारीमा लागेका पनि बजारमा देखिन्छ । खास गरी दैनिक उपभोग्य वस्तुहरुमा यसरी आजभोलि कालोबजारी भईरहेको भेटिन्छ । एक दुई जनाको बेठ्याईले पुरै बजारका व्यापारीलाई बदनाम तुल्याएको छ ।
विविधतामा एकता भएको देश हाम्रै देश नेपाल भएको हुनाले विश्वमान चित्रमा सानो भएपनि वीर लडाकुहरुको देश । मन्दिरै मन्दिरको देश भनेर संसारभरि चिनिएको छ । नेपालीहरुले इनाम नराखेको क्षत्रै कुनै छैन । अनेक क्षेत्रमा गिनिज बुकमा नाम राख्न सफल छन । नेपालीहरु । यो सङ्गै हामीलाई दुःख भुलाएर सुखानुभूतिको आभाष गराउने हाम्रै पर्वहरु हुन । ती आम पर्वहरु मध्येको वडादशैलाई लिन सकिन्छ किनकि बडादशैले हामी सम्पूर्ण नेपालीहरुलाई भावनात्मक सम्बन्ध मैलाउदै सकोस भनेर जोडने काम गर्छ । हुन त अरु पर्वहरुपनि विभिन्न जातजातीहरुको नभएको होइन तर सबै भन्दा बढी मात्रामा प्रमुख चाडका विजयादशमीलाई लिइएको हो । यो पर्वमा देशविदेशमा छरिएर रहेका हाम्रा नातागोता, इष्टमित्र लगायतका सबै जेष्ठ सदस्यका घरमा बसेर आफूभन्दा ठूलाले आशीर्वाद र दक्षिणा दिने गर्छन यसकारणले पनि यो चाड महान पर्वोत्सव हो । दशै वा बडादशै (अन्य नाम ः दसहरा, विजयादशमी, नौरथा, नवरात्री, आयुध–पूजा) नेपालीहरुको प्रमुख चाड हो । राष्ट्रिय चाड समेत मानिने दशै (नौरथा) हिन्दु धर्मावलम्बीहरुले असोज महिनाको शुक्ल प्रतिपदाका दिन देखि नवमीसम्म (नौरथा भर) शक्तिको आराधना गरी दशौ दिन बिहान दशमीका दिन आफूभन्दा ठूला मान्यजनहरुको बाहुलीबाट टीका प्रसाद ग्रहण गरेर विशेष रूपमा पूर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन । असोज शुक्ल प्रतिपदा ९घटस्थापना० मा जमरा राखी नवमीसम्म नौरथा विधिले प्रत्येक दिन फरक देवीहरुको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रहमाचारिणी, चन्द्रधन्य, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्दिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नवदुर्गा र तृ त्यही भएर होला यस्ता पर्वहरु हाम्रा निधि हुन् यसलाई सकारात्मक भावनाले ग्रहण गरि आ–आफ्नो गच्छे अनुसार मनाउनु पर्छ । जिन्दगीमा रमेर यी पर्व सपरिवार मनाउन सकियो भने पारिवारिक उत्साह, उमङ्ग अझै बढेर जान्छ । जिन्दगीभर बाचुन्जेल एकआपसमा मिलेर पर्वहरुलाइ सुखद वातावरणमा मनाउन सकियो भने जीवननै रोमाञ्चक बनेर जान्छन । यसैले बिजयादशमी पर्व हामी सम्पूर्ण नेपालीहरुको हर्षोल्लासको पर्व हो जसले भावनात्मक एकताको बोध गराउँछ । टाढा रहेका मनहरुलाई जोडने काम गर्छ । यसै कारणले पनि यो पर्व हामी सम्पूर्ण नेपालीहरुको सामूहिक एकता बोध गराउने पर्व हो भनेर भन्न सकिन्छ । यति हुँदाहुँदै महान पर्व दशैसँगै जोडिएका अन्य पर्वहरु मनाउदै गर्दा तीतामीठा कुराहरु गर्नुपर्दोरहेछ । हामी नेपालीहरुले पूराना अतितहरु सम्झनै पर्दोरहेछ । उतिबेला महाभूकम्प, कोभिड १,२ र ३ को भेरिएण्टले थलिएका जनताहरु घर न घाटका बन्न पुगे । कतिले ज्यान गुमाउन पुगे तत्पश्चात गत एकहप्ता अघिमात्र आएको निरन्तर भारी अबिरल बर्षाका कारण धेरै धनजनको क्षतिनै भयो । सो बेला घटेका घटनाहरु सम्झेर ल्याउदा मुटुनै भक्कानो फुटेर आउँछ । यही बेलामा दुःख बिर्स्याउने पर्वहरु आयो २०८१ को बिजयादशमी पर्व । यो पर्व त आयो, आयो दुःख लिएरै आएपनि मनाउन त मनाउनै पर्यो । तर मनाउने कसरी ? के गरेर मनाउने ? ऋण माग्दासम्म हात फिजाउने ठाउँनै कहीं छैन ।
यहि दशैं कतिको त दशै सुन फलाउने समय भएको छ, हिसाब मिलान गर्दा भै गयो । सातपुस्तासम्म कमाउने सम्पत्ति जोडने उनीहरूका धुपौरेहरुलाइ पोस्ने समय भइरहेछ यो बेलामा, मौकामा चौका हान्ने दिन भएको छ , यो दशै । लुटेर, ठगेर, ढाटेर, छलेर, गुन्डागर्दी गरेरै भएपनि ठगहरु पालिने समय हो, यो । तर हिजोदेखि आजसम्म अर्काको घरको ढोका ढकढकाउने एउटा मजदुरहरुको परिवार फुसको छानोसम्म टाल्न नपाई निस्सासिनुपर्ने बेला आएको अहिले । उनीहरूको घर उजाडिएको छ, मन बहलाउने ठाउँनै खोज्दापनि भेटने ठाउँ छैन । बोलौ कहाँ बोलौ रु दुःख साटौ कहाँ रु यहाँ त क्रान्तिकारीका नाममा अनेकन रुपधारी कमाउनिष्टको हुल बढ्या छ, सम्मान उनैले पाउने, राहत उनै जुजुमानहरुको नातागोताको हातमा पर्नैपर्ने चिटठा परेको छ, यो बाढीपहिरोको बेलामा, नेताहरूको । यहाँ सत्य कुरा उठान गर्दा यो कलमीलाइ कुनै ठुटे नेताहरूले आरोप लाउलान तर यो चित्र यथार्थ हो, जुन अहिलेको यथार्थ विषयबस्तु हो । यो बेलामा एउटा गरिब जो किसानी काम गर्छ, दिन र रात नभनी उसका लालाबालालाई मीठोमसिनो पनि खुवाउनैपर्ने, ढिकी जातो गरेर परिवारजन पाल्नै पर्ने ऐचोपैचो गर्नैपर्ने बाध्यता पनि छ । यति हुँदाहुँदै यतिबेलै चौतर्फी कालोबजारी बढदो छ । खाद्यपदार्थ, सब्जीमण्डीमा दोब्बर मूल्य वृद्धि छ । हामी कहाँ नामै मात्रका सामाजिक संघसंगठन, उपभोक्ता मञ्च लगायत बजार अनुगमन समिति लगायत गठबन्धनका समितिहरु बनेका छन तर मौन छन । यिनीहरू सबै एकीकृत भने छैनन भएका कतिपय स्थानहरुमा अनुगमन प्रभावकारी छन, कडाभन्दा कडा कारवाहीको काम पनि गरेका छन, ठग ब्यापारीहरुलाइ । तर जे जसरी अनुगमन तथा नियमन हुनुपर्ने हो त्यो एकजुटका साथ नभएकै कारणले आज मनोमानी ढङ्गले कालोबजारी बढदो छ । आज यही बेलामा मौकामा चौका हान्नेहरुको मालामाल छ, यहाँ बिचौलियाहरुलाइ सेटिङ्गमा रकमपनि ब्यापारीले बुझाएकै छन । यसरी आज उपभोक्ताको आँखामा छारो हालेर ब्यापारीहरुले हिजो ढक । पल्लाको प्रयोग गर्थे भने आज आएर इलेक्ट्रोनिक मेसिनको प्रयोगमा ल्याएर तरकारी लगायतका सामान त्यसैमा रुपैयाँको तुलना गरेर ब्यापारी आफैले बढाएर हामीले नापतौलनै नगरी सामान खरिद गर्छौ यसमा हाम्रो दोष हो कि ब्यापारीहरुको हो रु यसमा हामी तमाम उपभोक्ताहरुनै सरासर दोषी छौँ । आज प्रत्येक पसल र मण्डीहरुमा हरेक बस्तुहरुको मूल्य फरक–फरक छन । दैनिकी उपभोक्ता मूल्य सूची हिजो राखिन्थ्यो भने आज राखिन्न किन रु सरोकारवाला निकाय कहाँ छ रु अनुगमन तथा नियमनकारीहरु कहाँ र कत्ता छन ? हुनेहरुले त खालान तर हुँदामात्र खानेहरुले कसरी यस्ता बहुमूल्य सामान उपभोग गर्लान रु सम्बन्धित निकायको ध्यान जान सकोस् जब देशमा लोकतान्त्रिक गणतन्त्रको बिजारोपण भयो तब बिकृति र बिसङ्गति मौलाउदो छ, सबै मिलेर पर्वकै बेलामा मात्र हुने यो कालोबजारीको अन्त्य गरौं । बिजयादशमी, शुभ दीपावली, नयाँ सम्बत, छट पर्वको सबैमा यो कलमीको शुभकामना ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो