दमकमा इसाई धमावलम्बीहरुले ख्रीष्टमस मनाउँदै

खगेन्द्र कार्की

दमक/ यहाँका इसाई धर्मावलम्बीहरुले अघिल्ला वर्षझै यसवर्षपनि सामूहिक रुपमा ख्रीष्टमस (वडादिन) मनाउने भएका छन् । दमक नगर इसाई समाजले यहि पुस २ गते आयोजना गर्ने ख्रीष्टमस समारोहमा येशु ख्रीष्ट बाइबलका प्रवित्र धर्मदर्शनका शुभ सन्देशसहितको प्रवचन, मनोरञ्जनात्मक गीतसंगीत, नृत्य र शुभकामना आदानप्रदान गरि मनाउने भएको हो ।

शुक्रबार दमकमा पत्रकार सम्मेलन गरि ख्रीष्टमस विशेष कार्यक्रमहरुसंग भेटघाटको आयोजना गरेर ख्रीष्टमस सम्बन्धि कार्यक्रमका बारेमा जानकारी गराएको छ । दमक नगर इसाई समाजका पूर्व अध्यक्ष तथा सामाजिक उपसमितिका संयोजक आकाश थुलुङ राईका अनुसार इसाई धर्मावलम्बीहरुले प्रत्येक वर्ष ख्रीष्टमस (वडादिन) धुमधामका साथ मनाइर्दै आएको र यसवर्ष पनि ख्रीष्टमस भव्य रुपले मनाउने तयारी तीव्र पारिएको छ ।

२९ वर्षअघि दमकमा इसाई धर्मावलम्बीहरुले स्थापना गरेको दमक नगर इसाई समाजले हालसम्म सामाजिक सेवा र सामाजिक रुपान्तरणममा रचनात्मक कार्यहरु सञ्चालन गर्दै आइरहेको थुलुङले बताए ।

लोकगायक ताजपुरियालाई सम्मान

दमकस्थित गंगानगरीमा हुने ख्रीष्टमस कार्यक्रममा नेपाली लोकसंगीत र लोकभाकाका सर्जक वरिष्ठ गायक सिताराम ताजपुरियालाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिने भएको छ ।

त्यसैगरी, सोही समारोहमा मुख्य वक्ताका रुपमा कनान वप्तिस चर्चका सिनियर पाष्टर डाक्टर शमुएल संग्राम राई ,दमक नगर प्रमुख रामकुमार थापासहित अन्य विशिष्ट पाहुनाहरुको शुभकामना बिचारहरु राखिने कार्यक्रम छ ।

सो समारोहलाई मनोरञ्जन बनाउन स्थानीय चर्चका कलाकारले गीतसंगीत र नृत्य प्रस्तुत गरिने भएको छ ।

ख्रीष्टमसलाई लक्षित गरेर पुष ४ गते शुक्रबार दमक नगर इसाई समाजले दमक थुलुङ डेन्टल क्लिनिकसंगको सहकार्यमा एक दिने निःशूल्क दन्त शिविर गर्नेभएको छ ।  

इसाई फूटसल प्रतियोगिता

त्यसैगरी, ख्रीष्टमसको अवसर पारेर पुष २७ गते आइतबार प्रदेशस्तरीय अन्तर इसाई समाजवीच फुटसल प्रतियोगिता आयोजना गरिएको छ । यसअघि, इसाई समाजले दमकमा प्रदेशस्तरीय इसाई समाजवीच फुटसल प्रतियोगिता आयोजना गरिएको थियो ।

१४ वटा इसाई समाज फुटसल टिमको सहभागिता रहने यसवर्षको अन्तर इसाई समाज फुटसल प्रतियोगितामा विजेताले नगद ३५ हजार र उपविजेताले नगद १५ हजार रुपैयाँ राशीसहित प्रमाणपत्र, शिल्ड र मेडल पाउनेछन् ।

दमक नगर इसाई समाजका अध्यक्ष हेमन्त सुब्बाको अध्यक्षतामा र सचिव पाष्टर अजय पाठकको सहजिकरणमा पत्रकार सम्मेलन भएको थियो । सो पत्रकार सम्मेलनमा दमक नगर इसाइ समाजका संस्थापक अध्यक्ष एनडी थुलुङ, आदनको बँगैचा व्यवस्थापन समितिका अध्यक्ष मुक्ति किराती, किशोर सुनुवार ,किशोर लिम्बू, युवा संगतीका अध्यक्ष सुरज लिम्बू, डिके धिमाल लगायतको सहभागीता थियो ।

खगेन्द्र कार्की
प्रतिक्रिया