दमक । विकासको सूचक शिक्षा र स्वास्थ्यलाई मान्दै आएको दमकले स्वास्थ्यको क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । ३ वर्ष अगािडसम्म सामान्य अवस्थामा रहेको अस्पताललाई अहिले कुनै पनि दमकाबासीले रेफर लिएर बाहिर जान नपर्ने गरी स्तरोन्नति, पूर्वाधार निर्माण तथा प्रविधिको प्रयोग भईरहेको छ । सोही क्रममा दमक अस्पताले ६ बेडको आइसियुको समेत व्यवस्थापन गरिसकेको छ । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशन, स्थानीय लायन्स क्लव तथा दमक नगरपालिकाको संयुक्त परियोजनामार्फत अस्पतालमा सुविधा सम्पन्न लायन्स आइसीयू सेन्टर निर्माण गरी हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भईसकेको छ ।
सेवाग्राहीको अत्याधिक चाप बोकेको झापाको दमकस्थित सरकारी अस्पताल दमक अस्पतालमा सोमबार एक कार्यक्रमबीच सघन उपचार कक्ष (आइसीयु) उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।
लायन्स क्लव इन्टरनेशनल फाउण्डेशन, स्थानीय लायन्स क्लव तथा दमक नगरपालिकाको संयुक्त परियोजनामार्फत अस्पतालमा सुविधा सम्पन्न लायन्स आइसीयू सेन्टर निर्माण गरी हस्तान्तरण भएको हो ।
लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनको रु १ लाख ३७ हजार ७ सय १८ रुपिया यूएस डलर ( करिव रु २ करोड), लायन्स क्लवहरुको तर्फबाट रु १४ लाख र दमक नगरपालिकाको रु ५१ लाख रुपियाको साझेदारीमा झण्डै रु २ करोड ५० लाख रुपियाको लगानीमा आइसीयू सेवा सञ्चालनमा ल्याइएको हो । सो सघन कक्ष (आइसियु)मा ३ वटा भेन्टिलेटरसहित ६ वटा शैयाको आइसीयू सुविधा सम्पन्न रहेको छ ।
सो सघन उपचार कक्ष (आइसियु) स्थापनामा महत्वपूर्ण योगदान दिएका लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ सि का डिस्ट्रिक गभर्नर तथा ग्राण्ड एडमिनिस्ट्रेटर विकास अधिकारीको अध्यक्षता तथा लाइन्स इन्टरनेशनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाको विशिष्ट आतिथ्यता तथा उपप्रमुख तथा पूर्व दमक लायन्स अध्यक्ष रेगिना भट्टराई प्रसाईको आतिथ्यतामा सो कार्यक्रममा प्रमुख अतिथि बुर्लाकोटी र नगरप्रमुख थापाले संयुक्त रुपमा उद्घाटन गरे । दमक १ मा रहेको स्वास्थ्य बिमासहितको दमक अस्पताल स्थानीय सरकारले सञ्चालन गरिआएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले सेवाग्राहीहरुको ठूलो भिडलाई व्यवस्थापन गर्नुपर्ने र स्वास्थ्यमा देखिएका अवसरहरुलाई समेटेर सेवाग्राहीलाई त्यो अवसर प्रदान गर्नु हाम्रो लागि निकै चुनौतिपूर्ण रहेको बताए । तर पनि धेरै आरोप्रत्यारोपहरु, सहज, असहजहरु अवस्थाबाट आज उत्कृष्ट अवस्थामा स्वास्थ्य संस्थालाई पु¥याउन कोसिस गरिरहेको बेला लायन्सको उपस्थित गौरवको विषय भएको बताए ।
आइसीयू उद्घाटन कार्यक्रममा नगर प्रमुख थापाले नगरबासीमात्र नभएर प्रदेशकै नागरिकलाई सरल, सुलभ ढंगले विशिष्टकृत स्वास्थ्य सेवा पु¥याउन स्थानीय सरकार प्रयत्नशील भएको बताए । उनले अव यस अस्पतालमा सिटीस्क्यान, मिगौला रोगीका लागि डाइलोसिस सेवा अबको सात महिना भित्रमा सञ्चालन गर्ने गरि काम भईरहेको जानकारी दिए ।
क्याविनेट सेक्रेटरी लायन उदय बरालले कार्यक्रम सञ्चालन गरेको सो कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख
भट्टराईले जहाँ आवश्यकता त्यहाँ लायन्सलाई आत्मसाथ गर्दै संसारका २ सय देशहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेतृत्वले दमक अस्पतालमा नेपालको संविधान २०७२ ले दिएको मौलिक हकको अधिकार आम नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ खोलिएको नगर अस्पतालले प्रदेशकै उत्कृष्ट अस्पताललाई आसियु उपलब्ध गराएर ठूलो पुण्यको काम गरेको बताईन । यो सघनकक्ष उपचार कक्षको रुपमा एउटा फाँट मात्र खोलिएको होइन यहाँ हरेक दिन १०औं जना मान्छेहरुको जीवनका लागि जोखिमबाट मुक्त भएको दिन नै आजको रहेको उनले औंल्याईन । १० वटा भन्दा विशेषज्ञ फाँटहरु छन, २४ जना विशेषज्ञ डाक्टर, २० भन्दा बढी एमबीबीएस डाक्टरहरु हुनुहुन्छ । वडावडामा ल्याब स्थापना भएको छ । मानिस भएर मानिसका लागि बाच्नका लागि शिक्षा र स्वास्थ्यमा सरकारका आँखा पुग्न पर्छ र नागरिक बाँच्नुपर्छ भन्ने आधारमा दमक नगरपालिकाले काम गरिरहेको पनि उनले बताएकी छन् ।
अस्पतालमा आइसीयूको उद्घाटनपछि अव जटिल प्रकृतिका बिरामीको समेत यही उपचार हुने अस्पतालका प्रवक्ता तथा प्रशासन प्रमुख डा. अनुपम घिमिरेले जानकारी दिए । उनले भने, ‘अस्पतालमा सबैरोगका विषेशज्ञ चिकित्सक भएपनि आइसियूको अभावमा रेफर गरिरहनु पर्ने बाध्यता अव त्यसको पनि अन्त्य भएको छ ।’ बबरजंग थापाले स्वागत मन्तव्य राखेको सो कार्यक्रम लायन्सको फरम्याटबाट सञ्चालन गरिएको थियो ।
दमक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, दमक अस्पताल इन्चार्ज डा. कृष्ण प्रसाद साह, इलाका प्रशासन प्रमुख झरेन्द्र चापागाई, बुद्धिजीवि शेरबहादुर भट्टराई, उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, उद्योग वाणिज्य संघ केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, आम्दा अस्पताल प्रशासन प्रमुख सुमन नेपाल, दमक जेसिज, रोटरी क्लब अफ दमक, क्लब हिमालयन टाइगर प्रमुख, पहिलो पाइला, नेत्र प्रसाद चम्लागाई, इन्द्र खत्री राजन, लिलाकुमार ढुंगेल, विजयहरी शर्मा, बबरजंग थापा, लायन्सका गर्भनर, पूर्वगर्भनर, डिस्ट्रिक चिफहरु, एरिया चिफ, सम्पूर्ण क्लब दमक एरियाका लायनहरु, वडाअध्यक्षहरु, जनप्रतिनिधि, अस्पताल समितिका सदस्यहरु, दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहेता, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, दमक क्षेत्रभित्रका विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा, बुद्धिजीवि, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । २०७३ सालमा स्थापना भएको १५ शैयाको सो अस्पतालमा दैनिक ७ सय बढी विरामीले विभिन्न किसिमका वहिरङ्ग स्वास्थ्य सेवा लिदैआएका छन् । आइसीयू उद्घाटन समारोहमा लायन्स क्लवका अधिकारीहरु, वडाअध्यक्षहरु, चिकित्सकहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो