रिकेश निरौला
नेपालको संविधान र स्थानिय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै सुनसरी जिल्ला सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरेर विद्यालयलाई वितरण गरेको छ । विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले शैक्षिक सत्र २०८० देखि नै नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी नगरपालिकाभित्रको समग्र विषयवस्तुलाई समेटेर कक्षा १,२,३,४,५ का लागि ‘मेरो इनरुवा’ नामको पुस्तक र कक्षा ६, ७, ८ का लागि ‘हाम्रो इनरुवा’ नामक पुस्तक विद्यालयमा पढाउन शुरु गरेको हो । पुस्तक १०० पूर्णाङ्कको रहेको छ ।
स्थानिय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को ज९४०मा मातृ भाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियन्त्रण सम्बन्धि व्यवस्था गरि स्थानिय पाठ्यक्रम कार्यान्वयन गर्न सकिने कुरा उल्लेख छ। त्यस्तै दफा ११९ज०मा स्थानिय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्धन र स्तरीकरणको कुरा उल्लेख गरिएको छ। सोहि एनलाई टेकेर इनरुवा नगरपालिकाले स्थानिय पाठ्यपुस्तक तयार गरि नगरपालिका अन्तर्गत रहेका तीस वटा सामुदायिक विधालयहरुमा लागू गरिएको नगरपालिकाको शिक्षा शाखाका अधिकृत स्वस्तिका दाहालले जानकारी दिइन्।
नगरभित्रका १० वटै वडालाई समेटेर ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पशुपालन र अन्य विविधि विषयलाई पुस्तकमा समावेश गरिएको नगर शिक्षा शाखाका उप–सचिव डिल्लि राज निरौलाले बताए। २०७८ सालको जनगणना अनुसार कुल ७४,९१४ जनसंख्या रहेको र ७७।९२ वर्ग किलोमिटरमा फैलिएको इनरुवा नगरपालिकामा संस्थागत ३४ र सामुदायिक ३० गरि जम्मा ६४ वटा विद्यालय छन् ।अहिले पहिलो चरणमा सामुदायिक विधालयहरुमा अनिवार्य रुपमा लागू गरिएको र संस्थागत विधालय हरुमा समेत लागू गर्नका लागि प्रधान अध्यापकहरु सगँ छलफल भईरहेको कुरा समेत दाहालले जानकारि दिईन्।
स्थानीय पाठ्यक्रम लागू भएपछि विद्यार्थीले समग्र नगरलाई बुझ्ने मौका पाउने नगरप्रमुख केदार भण्डारीले जानकारी दिए । विद्यार्थीलाई आफ्नै गाउँठाउँको चिनारी गराउने उद्धेश्यले स्थानीय पाठ्यक्रममा प्रयोगमा ल्याइएको छ।पुस्तकले विधार्थीलाई आकर्षित गर्ने कुरामा पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्धारण समितिका सदस्य साथै लेखक हरु विस्वस्थ छन्न।स्थानिय विषयबस्तुमा आधारित तस्विर पनि समेटिएका छन्। शिक्षक हरुबाट माग भयो भने अनुकुल समयमा पुस्तकका बारेमा शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम समेत तय गर्न नगरपालिका तयार रहेको छ।विधार्थीमा आफ्नो क्षेत्रका बारेमा ज्ञान आर्जन गर्ने तथा अपनत्व हुनेगरी स्थानिय ज्ञान, सिप र प्रविधिलाई समेटी स्थानीय पाठ्यक्रम तयार पारिएको साथै स्थानिय पाठ्यक्रम लागू भएपछि विधार्थीले समग्र नगरलाई बुझ्ने मौका पाएको नगरप्रमुुख भण्डारी बताउछन्।
आफू बस्दै आएको ठाँउका धेरै कुरा नजिकबाट बुझ्ने अवसरका लागि नै स्थानिय पाठ्यक्रम लागू गरिएकोले आधारभुत र मावि तहसम्मका विधार्थीलाई स्थानिय विषयबस्तुको बारेमा जानकारी अति आवस्यक रहेको थियो जुन कुरा इनरुवा नगरपालिकाले पूरा गरेको छ। पुस्तक निर्धारण समिति गठनसँगै धेरै चरणमा सरोकारवालासँग छलफल चलाई पाठ्यक्रम तयार पारी लागू गरिएको नगरपालिकाले जनाएको छ भने, पुस्तकामा केही कमि कमजोरी भएको छ, सुधार गर्नु पर्ने आवश्यक्ता आयो भने पनि विद्यालयस्तरमै पुगेर सुझाव संकलन हुन्छ र सोहि अनुसार आगामी शैक्षिक सत्रबाट आवश्यक परिमार्जन सहितको पुस्तक उपलब्ध गराउने कुरामा समेत नगरपालिका प्रतिबद्ध रहेको छ।
करिब एक बर्ष भन्दा बढी समय लगाएर विज्ञ समूहले विभिन्न चरणमा जनप्रतिनिधि,विभिन्न विधालयका प्रधानाध्यापक र शिक्षा सम्बन्धि सरोकारवाला लगायतसँग छलफल गरि तयार गरेको,स्थानिय पाठ्यक्रममा आधारित रहेर पुस्तक लेखिएको थियो। पुस्तकमा इनरुवा नगरपालिकाको चिनारी साथै इनरुवाका मूर्धन्य व्यक्तिहरु, स्थानिय चाडपर्व तथा मेला महोत्सवहरु, स्थानिय भाषा, कला, सहित्य र संस्कृति, स्थानिय मैलिक खेलकुद, जलाशय रनदिनाला, स्थानिय खानेकुरा, विभिन्न धर्मरसंस्कृति, स्थानिय विभिन्न जात जाति हरुको चिनारी र अवस्था,स्थानिय पर्यटन क्षेत्र तथा स्रोत साधन लगायतका अन्य स्थानिय थुप्रै विषय वस्तु समेटिएका छन्। पुस्तकमा बालबालिकाले विधालयको आधारभूत तहमा जनप्रतिनिधि हरुको काम, कर्तव्य र अधिकारका नितिगत व्यवस्थादेखि नगरपालिकालाई समृद्ध बनाउने सम्मका विषय बस्तु समेटिएका छन्।
तर केही व्यक्ति हरुले नगरपालिका द्वरा प्रकाशन गरिएको पाठ्यपुस्तक हरुको विरोध गर्दै धार्मिक सहिष्णुता भड्काउन खोजता पनि अधिकासं जनताहरुले खुलेर नगरपालिका द्धरा प्रकासन गरेको पुस्तकको खुलेर प्रशंसा गरेका छन्न।किन भने यो कक्षा १ देखि कक्षा ८ सम्मकै सबै स्थानिय पाठ्यक्रमहरुमा स्थानिय इतिहास, कला, धर्म, संस्कृति, प्रााकृतिक सम्पदा सभ्यताको पहिचान गराउने प्रयास गरिएको छ। यो पाठ्यक्रम पालिकाका सबै जातजाति, भाषा, वर्ग, लिङ्ग, सम्प्रदाय, धर्म, संस्कृति, परम्परा, चाडपर्व, मेला, महोत्सव र रितिरिवाज मान्ने सम्पूर्ण पालिकावासीहरुको मौलिकता झल्काउने दस्तावेज समेत हो।जस्ले गर्दा इनरुवाको ईतिहास अब आउने भावि पु्स्ता हरुलाई समेत सहज रुपमा थाहाँ हुन्छ र इतिहास जीवन्तरहन समेत मद्दत गर्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित ज्ञान, सूचना, सञ्चार र प्रविधिको बढ्दो प्रभावले स्थाथिय कला,धर्म,भाषा,सभ्यता र संस्कृतृलाई ओझेलमा पार्दै विस्थापित बनाउने भय चुलिदै आएको अवस्थामा विद्यार्थी हरुले आफ्नो पालिकाको वृस्तित रुपमा अध्ययन गर्दै गर्दा अब आफ्नो स्थानिय भाषा, कला, सभ्यता, संस्कृति, धर्म, परम्परा, चाडपर्व, मेला, महोत्सव, रितिरिवाज जस्ताकुराको संरक्षण हुने कुरामा आम नगरबासी विस्वस्त रहेका छन्।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो