इटहरी । दुहवीस्थित माउन्ट एभरेष्ट स्कुलले विद्यार्थीलाई सभ्य, सुसंस्कृत र अनुशासित बनाउनका लागि अनेकन कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । सुनसरीको विद्यालय स्तरीय खेलकुदमा आफुलाई अब्बलतामा उभ्याएको माउन्ट एभरेष्टले हरेक शुक्रबारलाई विद्यार्थी अतिरिक्त क्रियाकलाप र उनीहरुको प्रतिभा देखाउने दिनका रुपमा समेत उभ्याउँदै अनेकन कार्यक्रम गरिरहेको सन्दर्भमा गत शुक्रबार सांस्कृतिक पहिचान झल्कने पोशाकलाई लिएर विद्यार्थीलाई उत्साहित बनाएको मात्र छैन समाजमा छुट्टै छाप बनाएको छ ।
आ–आफ्नो धर्म र संस्कृति अनुसारका पहिचान देखिने पोशाकमा विद्यार्थीलाई सजाएर प्रदर्शन समेत गरेको छ । सांस्कृतिक तथा जातिय विविधता झल्काउने ति पोशाकमा सजिएका विद्यार्थीहरुमा एकताको भाव देखिन्थ्यो । एकतामा विविधता झल्काउने गरी समुदायलाई जोड्ने नै विद्यार्थी मुख्य लक्ष्य रहेको विद्यालयका फाउण्डर एस. रहमान राइनले बताए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो