फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको परिचय नै बागी बनेको छ । सार्वजनिक मञ्च र संसदबाट उनी सरकारमाथि कडा प्रश्न उठाउँछन् भने पार्टीभित्र नेतृत्वमाथि खनिन्छन् । उनै धनराज गुरुङ बुधबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भए ।
पहिलो र दोस्रो संविधान सभाका समानुपातिक सांसद बनेका गुरुङले सार्वजनिक लेखा समितिमा रहेर पनि भ्रस्टाचारविरुद्ध खरो उत्रिए । २०५५ सालमा तरूण दलको महामन्त्री हुँदा ‘रातो पासपोर्ट’ दुरुपयोग गर्नेसँग नाम जोडिएपछि विपक्षीबाट आलोचनाको केन्द्र बनेका थिए । संसद र बाहिरबाट प्रश्न गर्ने ठाउँबाट स्याङ्जाका गुरुङ जवाफ दिने ठाउँमा आइपुगेका छन् ।
जमिनसँगभन्दा केन्द्रका नेताहरुसँगको उठबसले केन्द्रीय नेता बनेको आरोप खेपेका धनराज गुरुङले ४ मंसिरको प्रतिनिधिसभा चुनाव भने स्याङ्जा–२ बाट प्रत्यक्ष चुनाव जिते । एमाले सचिव पद्मा अर्याललाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित धनराजले १४ औं महाधिवेशनमा उपसभापति जितेकाले कांग्रेसमा संस्थापन इतरमा ठूलो छलाङ मारिसकेका थिए । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसमा संस्थापन समूहबाट राजनीति थालेका गुरुङ स्पष्ट वक्ता र नेतृत्वसँग धक फुकाएर बोल्न सक्ने नेता हुन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो