जिप दुर्घटनामा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मृत्यु

फाष्ट मिडिया नेपाल संवाददाता

बागलुङ । बागलुङको गलकोटमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ। रा १ झ २०० नम्बरको जिप शुक्रबार बिहान करिब ९ बजेको समयमा गलकोट नगरपालिका–२ भुङखानीमा दुर्घटना भएको थियो ।

बागलुङका प्रहरीका निरीक्षक प्रताप पौडेलले दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढाको मृत्यु भएको बताए । दुर्घटानमा दुई महिला र एक पुरुषको मृत्यु भएको थियो । मृतक दुई जनाको सनाखत हुन बाँकी रहेको पौडेलले बताए ।

१० दिनअघि काठमाडौँ आएकी बुढा जिल्ला फर्कने क्रममा दुर्घटनामा परेको गाउँपालिका अध्यक्ष पुनीराम घर्तीले बताए ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया