धनकुटा बेलहारामा तरकारीको सामुहिक बजारिकरण शुरु, लाखौंको तरकारी बजारमा

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । धनकुटा नगरपालिका,ग्रामीण उद्यम तथा बिप्रेषण आयोजना (समृद्धि) र सहज नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा हरियो तरकारीको सामुहिक बजारिकरण  बेलहारामा शुरु भई पुस मसान्त सम्म करिव ७४ लाख बरावरको २४३०८ क्विन्टल हरियो तरकारीको बेचबिखन भएको छ । 

किसानले उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारीलाई एकै स्थानवाट ग्रेडिङ तथा प्याकेजिङ गरि बेचबिखन गर्ने उद्धेश्यले जाल्पादेबी कृषि सहकारी संस्थाको ब्यवस्थापनमा ४९० घरधुरीहरु सम्मिलित बजारिकरण मिति २०७९ साउन ७ गतेदेखी शुरु भएको हो ।  

२०७९ साउनमा ३३ जना सदस्यहरुबाट सुरु गरिएको सामुहिक बजारीकरण फागुन मसान्त सम्ममा आई पुग्दा ४९० कृषक हरु बजारमा आवद्ध भइसकेका छन् भने हरेक घरधुरीको कारोवारलाई पारदर्शि बनाउने उद्धेश्यले हरेक घरधुरीलाई पासबुक बितरण गरिएको र किसान आफैले अभिलेखिकरण गर्न थालेका छन । 

किसानहरुका यावत समस्याहरुलाई समाधान गर्न र संकलन केन्द्र ब्यवस्थापन तथा संलग्न जनशक्ति ब्यवस्थापन गर्नका लागि कार्यबिधि बनाई लागु गरिएको छ भने उक्त कार्यबिधि अन्तरगत किसान हित कोषको ब्यवस्था गरिएको छ । जसमा किसान र ब्यपारीले खरिद बिक्रि गरेवापत केही रकम उक्त कोषमा जम्मा गर्ने ब्यवस्था गरिएको छ । 


यस ठाउँमा उत्पादन भएको तरकारी टमाटर, सिमि, खोर्सानि, फर्सिको, मुन्टा, गट्टा, स्कुशको, मुन्टा, साग, फुलकोपि,  धरान, इटहरी, विराटनगर, ईनरुवा,विर्तामोड,गोलवजार र जनकपुर सम्म जाने गरेको छ। उक्त सामुहिक बजारिकरणमा स्थानिय संकलक तथा थोक ब्यापारीहरु मौसम अनुसार करिव ५ देखी ८ जना ब्यवसायीहरु संलग्न रहेका छन ।

जालपादेवी कृषि सहकारी संस्थाले सामुहिक बजारीकरणको प्रति गाडिबाट प्रति कारोवार बापत ब्यवसायीवाट रु․२००।– र किसानको तर्फबाट प्रति क्रेट वापतको जम्मा गरिने रु․ दुई रुपयाँ पचास पैसा उठेको रकमबाट केहि रकम व्यवस्थापनको लागि खर्च गरिने केहि रकम किसानलाई प्रोत्साहन स्वरुप जसले बढि उत्पादन गर्छ उसलाई सहुलियत प्रदान गर्ने र विकास निर्माणका कामहरुमा आवश्यकता अनुसार खर्च गर्ने साथै बाँकि रहेको खर्च प्राविधिक तालिम गराउने आवश्यकता अनुसार सेवा उवलब्ध गराउने र कर्मचारीलाई व्यवस्थापन गराउने रहेको छ ।


सामुहिक बजारीकरणमा ५ जना बजार सहजकर्ता परिचालन गरिएको छ ।उहाँहरुले किसानहरुलाई बजार सम्म जोडनलाई अभिप्रेरित गर्ने हर हिसाव राख्ने नियमित बैठकहरु बस्ने टोल टोलमा गएर सहजिकरण गर्ने काम गरिरहेका छन। 

त्यस्तै टोल टोलमा संकलन केन्द्र निर्माण गर्ने कार्यमा रातमाटे बर्राबोटे भन्ने ठाउँमा सुरु गरि सकिएको छ भने अन्य ठाउँहरु सावाँवारी, माहाङ्ग , पाखाटोल, सुन्तलावारी, र बाघखोर गरि कुल ५ वटा बनाउने निर्णय सहकारीले गरेको छ ।   


विचौलियाहरूको कारण किसानहरूले सोचेजस्तो आम्दानी गर्न नसकेकाले विचौलियाको अन्त्य गर्न र किसानहरुले उचित मूल्य पाउन भन्ने उद्देश्यका साथ समृद्धि आयोजनाको पहलमा यस्तो अवधारणा ल्याइएको हो।जालपादेवी कृषि सहकारीमा दशवटा उप समुहहरु रहेका थिए भने हाल आएर दुईवटा थपिएर १२ वटा उप समुह कायम भएका छन् । यसै वडाका वडाध्यक्ष्य टंक रोइलाको पहलमा सहकारीका १२ वटै उप समुहहरुमा चैत्र १ गतेबाट ९ नं․ वडाका विभिन्न २० वटा टोलहरुमा रहेका कृषकहरु संग अन्तर्क्रिया तथा छलफल गरि सामुहिक बजारीकरणको लागि समन्वय गर्ने र पासबुक वितरण गर्ने अभियान चलिरहेको छ । बजार र किसानलाई जोड्ने पुलको रुपमा समृद्धि आयोजना, सहज नेपाल र वडा कार्यालयले समन्वय गरिरहेको छ।

यस क्षेत्रमा उत्पादन भएका वस्तुले उचित मूल्य नपाउँदा किसान मारमा परेको सवैलाई सर्वविदितै छ ।“ विगतका दिनहरुमा पनि यस सामुहिक बजारीकरणलाई संचालन गर्न प्रयास नगरेको होइन तर कुनै संघ संस्थाको आर्थिक तथा प्राविधिक सहयोग विना एक्लो प्रयासले सफल हुन सकेन जव ×समृद्धि” आयोजना र सहज नेपाल संग आवद्ध भएपश्चात मात्र यस कार्यक्रमलाई अगाडि बढाउन सफल हुँदै गएको अनुभव सुनाउनु हुन्छ यस जाल्पादेबी कृषि सहकारी संसथाका अध्यक्ष श्री बीर वहादुर बस्नेत ।आगामी दिनमा यस ठाउँका सबै कृषकलाई आवद्ध गराई व्यापक रुपमा सामुहिक बजारीकरणको नमुना योग्य ठाउँ बनाउने प्रति वद्धता सहित हामि अगाडि बढेका छौ भन्नु हुन्छ यस ठाउँका वडाध्यक्ष्य लगायत सहकारीका पदाधिकारीहरु,बजार समिति, बजार सहजकर्ताहरु । 

खगेन्द्र कार्की
प्रतिक्रिया