इटहरी । वैदेशिक रोजगारीमा १६ वर्षमा १४ हजार नेपालीले ज्यान गुमाएका छन् । खाडी मुलुकबाट फर्किएर ४० प्रतिशत श्रमिले डायलासिस गरिरहेको श्रममन्त्री शरदसिंह भण्डारीले बताएका छन् । वैदेशिक रोजगार बोर्डद्धारा आयोजित तालिमको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले सो कुरा बताएका हुन । उनले भने धेरै मिर्गौलाका बिरामी छन । श्रमिक लाई बचाउने हिसाबले सरकार अघि बढेको हुँदा व्यवसायी पनि नैतिक हुन्छु भन्ने प्रण पर्ने उनले उल्लेख गरे ।
वैदेशिक रोजगार बोर्डले मेनपावर व्यवसायीहरूलाई तालिम दिएको छ । स्वच्छ भर्ना प्रक्रिया र कानुनी व्यवस्थाबारे बोर्डले तालिम दिएको हो ।
बोर्डले स्वीकृत कार्यक्रमअनुसार उक्त तालिम दिएको हो । तालिम आज र भोलि गरेर दुई दिनसम्म२ सिफ्टमा आनन्द इभेन्ट म्यानेजमेन्ट एन्ड मिटिङ भीमसेनगोलामा सञ्चालन भएको हो । ‘वैदेशिक रोजगार श्रम शोषण अन्त्य, आईएलओको निष्पक्ष भर्ना पहल, २०१४’ अन्तर्गत सरकार, रोजगारदाता र मेनपावर कम्पनीलाई मार्गदर्शन गरिएको छ ।
बोर्डले सबै व्यवसायीलाई तालिममा सहभागी गराउन नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई पत्राचार गरेको थियो । तालिमको उद्घाटन समारोहमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि इमानदारीपूर्वकता सेवा प्रवाह गर्न व्यवसायीलाई सुझाव दिए । वैदेशिक रोजगार व्यवसायप्रति आमनागरिकको विश्वास बढ्ने गरी काम गर्नुपर्नेमा जोड दिए । त्यसका लागि सेवा प्रवाह पारदर्शी बनाउन सुझाव दिँदै उनले नैतिक व्यवहार अवलम्बन गर्न आग्रह गरे । मन्त्री भण्डारीले आप्रवासी श्रमिकलाई अकाल मृत्यु र ऋणको पासोमा पर्न नदिन पनि व्यवसायी जिम्मेवार हुनुपर्ने बताए । मन्त्रालयले श्रमिकलाई वैदेशिक रोजगार प्रस्थान अघिपछि तालिम एवं सुसूचित गराउँदै आएको उनको भनाइ थियो । मन्त्रालयले वैदेशिक रोजगारमा जानेलाई बिना धितो ऋण उपलब्ध गराउन कार्यविधि तयार गरिरहेको समेत बताए ।
उनले श्रमिकको सुविधाका लागि मन्त्रालय र मातहतका निकायको कामलाई पूर्णरूपमा ‘डिजिटलाइजेसन’ गर्न प्रयासरत रहेको बताए। व्यवसायी र श्रमिकबिचको बिचौलियालाई हटाउन जोड दिँदै उनले अध्यादेशमार्फत आएको सुशासन ऐनको व्यवस्थाअनुसार अनावश्यक काम अल्झाउने र अड्काउने सरकारी निकायलाई कारबाही गर्न कानुनी उपचारको प्रयोग गर्न सुझाव दिए ।
गतवर्ष मात्र १३ सयले गुमाए ज्यान
बितेको एक वर्षमा वैदेशिक रोजगारीमा गएका १३ सय जनाभन्दा बढी नेपाली श्रमिकले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष ०८०÷०८१ मा वैदेशिक रोजगारमा गएका १ हजार ३४६ श्रमिकले ज्यान गुमाएका हुन् ।
यो तथ्यांक स्विकृति लिएर गएर मृत्यु भएका श्रमिकहरुको संख्यामात्रै हो । बोर्डका अनुसार गत आर्थिक वर्ष ०८०÷०८१ मा वर्ष सबैभन्दा धेरै विभिन्न रोग र विरामीका कारण श्रमिकको ज्यान गएको छ। जसअनुसार ३२१ जनाको विरामी र रोग लागेर भएको छ । गत एक वर्षमा हृदयघातबाट १९९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १९२ जनाको आत्महत्या, १५७ जनाको प्राकृतिक मृत्यु, १५७ जनाको सडकमा दुर्घटनाबाट ज्यान गुमेको छ । त्यस्तै ९२ जनाको अन्य कारण र ४६ जना कार्यस्थल दुर्घटनामा ज्यान गुमाएका छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो