प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान भएको भेटवार्तामा द्विपक्षीय छलफल भएको बताइएको छ।

‘रवि लामिछाने चितवन २ बाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई, शुभकामना दिनुभयो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘उहाँहरूबीच एजेन्डागत छलफल त थिएन तर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भयो। ’सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले सभापति लामिछानेलाई मिलेर चुनौतीको सामना गर्न र अहिलेको संकटबाट मुलुकलाई पार लगाउन आग्रह गरेका थिए।

त्यसमा लामिछाने सकारात्मक रहेको सचिवालयको भनाइ छ। यता रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने’दयगत छलफल गर्न सोमबार ११ बजे पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ। यस्तै रास्वपा को संसदीय दलको बैठक सोमबार दिउँसो तीन बजे बस्दै छ। भोलि बस्ने संसदीय दलको बैठकले लामिछानेलाई नेता चुन्ने बताइएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया