चुलाचुली अंग्रेजी माविमा ४ दशक लामो गौरवशाली यात्रासँगै सांस्कृतिक र शैक्षिक प्रदर्शन

खगेन्द्र कार्की


दमक । दमक–१ मा अवस्थित चुलाचुली अंग्रेजी बोर्डिङ माध्यमिक विद्यालयले शुक्रबार अभिभावक–विद्यार्थी उत्सव तथा प्रदर्शनी कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले विद्यार्थी र अभिभावकलाई एउटै मञ्चमा ल्याउँदै शैक्षिक, सांस्कृतिक र सीपमूलक प्रदर्शनमार्फत विद्यालयको प्रगति र उपलब्धिहरू प्रस्तुत गरेको हो।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातजाति र धर्मसम्प्रदायसँग सम्बन्धित नृत्य र कला प्रदर्शन गरेका थिए। साथै, विद्यालयका विभिन्न कक्षाका विद्यार्थीहरूले तयार पारेका फुड स्टल, विज्ञान र कला सम्बन्धी सामग्री प्रदर्शन गरिएको थियो। स्कूलले विशेष कार्यक्रम गरि अभिभावक तथा विद्यार्थीहरुवीचको मैत्रीपूर्ण उत्सवसहित विद्यार्थीहरुले तयार गरेका खाद्य परिकार तथा विज्ञान सम्बन्धी प्रर्दशनी गरिएको थियो । रैथाने र स्थानीय खाद्य परिकारहरु, फूलका सामाग्रीहरु प्रर्दशनी गर्नुका साथैं विक्री समेत गरेका थिए । 

महिला अभिभावकहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा उत्कृष्ट सहभागिता जनाउने अभिभावकलाई विद्यालयले सम्मानसमेत गरेको थियो। सामूहिक, एकल र कौरा नृत्यका आकर्षक प्रस्तुति कार्यक्रमको विशेष आकर्षण बनेका थिए। सो कार्यक्रममा दमक नगरपालिका शिक्षा समितिका प्रतिनिधि, जनप्रतिनिधि, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अभिभावकहरूले आफ्ना सन्तानहरूको कला र प्रदर्शन हेरेर खुशी र गर्व महसुस गरेका थिए।

प्रमुख अतिथि दमक नगरपालिका शिक्षा अधिकृत सोमनाथ गुरागाईको प्रमुख आतिथ्यता  तथा स्कूलका संस्थापक निर्देशक मनोज साम्पाङ राई, अभिभावक संघका अध्यक्ष घनेन्द्र राज योङयालगायतको विशिष्ट आतिथ्यता तथा आतिथ्यतामा भएको सो कार्यक्रममा अभिभावकहरुको उल्लेखीय सहभागिता रहेको थियो । कार्यक्रममा दमक १ का पूर्व वडाध्यक्ष ताराप्रसाद अधिकारी, स्थानीय टोल विकास संस्थाका पदाधिकारी, सदस्यहरु, अभिभावक,शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।  स्कूलले वर्षेनी यस किसिमको कार्यक्रम गरि आएको र यसलाई निरन्तरता दिईने प्रिन्सीपल राईले बताए ।

विद्यालयको ऐतिहासिक पृष्ठभूमि : वि.सं. २०३७ साल माघ १४ गते स्थापना भएको चुलाचुली अंग्रेजी बोर्डिङ माध्यमिक विद्यालय क्षेत्रकै अग्रणी निजी विद्यालयका रूपमा परिचित छ। संस्थापक तथा पहिलो प्रिन्सिपल मनोज कुमार राई हुन्। पहिलो विद्यार्थीका रूपमा दिपेन साउदेन ९हाल कम्प्युटर इन्जिनियर, अष्ट्रेलिया० भर्ना भएका थिए भने पहिलो शिक्षक प्र.अ. हरिकला सुब्बा रहेकी थिइन्।

३० विद्यार्थीबाट सुरु भएको विद्यालयमा पहिलो शैक्षिक सत्रमा विद्यार्थी संख्या १११ पुगेको थियो। वि।सं। २०४७ मा पहिलो एस।एल।सी। ब्याचका सातै जना विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए। हालसम्म विद्यालयले २०४६ विद्यार्थीलाई एस।एल।सी।रएस।इ।इ। स्तरसम्म सफलतापूर्वक उत्तीर्ण गराइसकेको छ।

🎓 उल्लेखनीय पूर्वविद्यार्थी र उपलब्धि : विद्यालयका विद्यार्थीहरू देश–विदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिइरहेका छन्। पहिलो जिल्ला प्रथम विद्यार्थी डा। पुष्पकर शर्मा (पि.एच.डी.), पहिलो पीएचडी धारक डा. योगेन्द्र प्रताप जंग साम्पाङ राई (यू.के.), पहिलो मेडिकल डाक्टर कर्णेल डा। राम श्रेष्ठ र पहिलो एरोनाउटिकल इन्जिनियर जीवन सुब्बा (अमेरिका) विद्यालयका गौरव हुन्।

नेपाल सरकारमा पहिलो प्रशासकीय अधिकृत सुशील भण्डारी, राष्ट्रिय फुटबल खेलाडी सुसन भण्डारी, गायिका सुनिता थेगिम र वेनिशा पौडेल, गणितमा डा। राजिव रिजाल, वक्तृत्वमा दिव्या दाहाल र हाजिरजवाफ प्रतियोगितामा सन्तोष भट्टराईले विद्यालयको नाम राष्ट्रिय स्तरमा चिनाएका छन्।

विद्यालयका संस्थापक निर्देशक मनोज कुमार राईले वि।सं। २०‘ मा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका थिए भने हालका प्रधानाध्यापक चन्द्रप्रकाश राईले वि।सं। २०६२ मा सोही पुरस्कार प्राप्त गरेका थिए। विद्यालयले वि।सं। २०७३ मा एन्फा–कोकाकोला राष्ट्रिय फुटबल उपाधि समेत जितेको उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

विद्यालयको वर्तमान अवस्था : हाल विद्यालयमा करिब १००० विद्यार्थी अध्ययनरत छन्। यस वर्षका एस।इ।इ। परीक्षार्थी ६५ जना छन्। विद्यालयमा ३९ शिक्षक, दिवा तर्फ १० कर्मचारी र आवास तर्फ ११ जना कर्मचारी कार्यरत छन्। विद्यालयको नेतृत्व प्रधानाध्यापक चन्द्रप्रकाश राईले गरिरहेका छन्।

टिप्पणी : चुलाचुली अंग्रेजी बोर्डिङ माध्यमिक विद्यालयले स्थापना कालदेखि नै शिक्षाको गुणस्तर र संस्कृतिको सन्तुलनमा जोड दिँदै आएको छ। हाल सम्पन्न अभिभावक–विद्यार्थी उत्सवले विद्यालयको शैक्षिक, सामाजिक र सांस्कृतिक यात्रा अझ सबल बनाएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया