फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार १०औँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वय सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान आचार्यलाई मन्त्रीका नियुक्त गरेका थिए । यसपछि राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्तमन्त्री आचार्यले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका सचिव सागर आचार्यले जानकारी दिए ।
योसँगै प्रधानमन्त्री प्रचण्डले मौजुदा मन्त्रिपरिषद् १०औँपटक विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पुसमा एक, माघमा तीनपटक, फागुनमा दुई, चैतमा एक र वैशाखमा तीनपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ११ पुस, १०, १४ र २३ माघ, १४ र १६ फागुन, १७ चैत र ३, २१ र २४ वैशाखमा मन्त्रिपरिषद् गठन र विस्तार गरिएको हो ।को छ । ७०१ वटा कित्ता सार्वजनिक जग्गा , १२३ वटा कित्ता नदी, खोला, सिमसार, ३५ वटा कित्ता सांस्कृतिक तथा पुरातात्त्विक छन् ।
मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै जनमत पार्टी सरकारबाट बाहिरिँदा नेपाली कांग्रेसले थप मन्त्रालय पाएको हो । सत्ता गठबन्धनबीच मन्त्रालयको भागबण्डा हुँदा जनमतले रोजेको मन्त्रालय नपाएपछि सीके राउत नेतृत्वको पार्टीका मन्त्री अब्दुल खानले राजीनामा दिएका थिए ।
चैत १७ गते अब्दुल खानले खानेपानी तथा सरसफाइ मन्त्री पदबाट राजीनामा दिएका थिए । तर जनमतले सरकारलाई दिएको समर्थन भने कायमै राखिराखेको छ ।
मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने जनमतको माग थियो । तर, त्यो नपाएसँगै खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए ।
जनमत सरकारबाट बाहिरिएपछि खानेपानी मन्त्रालय प्रधानमन्त्रीले नै सम्हाल्दै आएका थिए । आइतबार भने महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएर कांग्रेसबाट सुरेन्द्रराज आचार्यलाई मन्त्री बनाएर शपथ गराइएको छ ।
यसअघि यादव महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहेकामा उनको जिम्मेवारी हेरफेर भएको हो । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शीतल निवासमा आयोजित एक समारोहका बीच आचार्यलाई पद तथा गोपनीयताको शपथ दिलाइसकेका छन् ।
संविधानको धारा ८० बमोजिम आचार्यलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ दिलाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । जनमत सरकारबाट बाहिरिँदा कांग्रेसले थप एक मन्त्रालय बोनसको रुपमा पाएको छ । यसअघि ८ मन्त्रालयमा भाग पाएको कांग्रेसले थप मन्त्रालय पाएको हो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो