समावेशी तिजको आयोजना गरेर पतञ्जलीले इटहरीमा नचायो दिदीबहिनीलाई

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । पतञ्जली योग समीती  नेपाल इटहरीले समावेशी तिज मिलन कार्यक्रम आयोजना गरेको छ । विभिन्न संघसंस्थामा आवद्ध भएर नेतृत्वदायी भुमीका निर्वाह गर्दै आएका विभिन्न जातजाती र धर्मका दिदिवहिनीहरुलाई एउटै थलोमा रमाउने वातावरण मिलाएर तिज गीतमा दर खाएर छमछमी नचाएको थियो ।

पतञ्जली योग समीती भनेको विभिन्न जाती, धर्म, लिंगहरुको समावेसी गुरुकुल संस्था हो र यो तीज मिलन कार्यक्रममा एक अर्काको धर्म,सस्कृतीको सम्मान गर्दै सस्कृतीको जगेर्ना गर्दै जनजातीहरुलाई पनि समेटेर लानु  पर्छ भन्ने उद्देस्यले यो तीज मिलन कार्यक्रम गरिएको समिति अध्यक्ष तथा कार्यक्रमको  सभापती उर्मीला कटुवालले जानकारी गराइन ।

योगाद्धारा सवैलाई निरोगीलाई स्वस्थ बनाउने उद्देश्यले ‘घरघरमा योग जनजनमा योग’ नाराका साथ सञ्चालन हुँदै आएको छ । इटहरी उपमहानगरपालिका उपमेयर संगीता चौधरीको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा पतञ्जली योग  समिति कोसी प्रदेसका मिस्टर चौधरी, इटहरी पतञ्जली नगर समितिका मन्त्री वल वहादुर कटुवाल, नागरीक समाज इटहरीको अध्यक्ष बालिका खड्का लगायतको उपस्थीती रहेको थियो ।

खगेन्द्र कार्की
प्रतिक्रिया