प्रहरी,ससस्त्र प्रहरी,नेपाली सेनानै प्रकृति प्रक्राेप भएको ठाउँमा सबैभन्दा बढी परिचालित

सुप्रिया राई

इटहरी । आपतकालीन अबस्थाहरुमा सबैभन्दा बढि महिला,बालबालिका,बृद्व,बृद्वाहरुनै बढी समस्यामा पर्ने गरेको काेशी प्रदेश मन्त्री राम बहादुर मगरले बताएका छन् ।                आन्तरिक मामिला तथा कानुन मन्त्रालय काेशी प्रदेशको आयाेजनामा बिराटनगरमा भएकाे काेशी प्रदेश  बिपद् जाेखिम न्युनिकरण र ब्याबस्थापन तालिममा मन्त्री मगरले उक्त कुरा बताएका हुन् ।        भर्खरै मात्र 246 भन्दा बढि ठाउँ,जंगलमा आगलागी,डढेलाे भएर हामीलाई समस्या भएको थियोे ।

यस्तो प्राकृतिक प्रक्राेपलाई न्युनिकरण गर्न त्यसबाट हुने जाेखिम कम गरेर त्यसलाई समाधान गर्न  याे किसिमको अभ्यासहरु गर्नु पर्ने खास गरि सुरक्षा  निकायहरू प्रहरी,ससस्त्र प्रहरी,नेपाली सेनानै प्रकृति प्रक्राेप भएको ठाउँमा सबैभन्दा बढी परिचालित हुने पनि मन्त्री मगरले बताए ।     

   पुर्बी  पृतना हे.क्वा.इटहरी सुनसरीको सहजीकरणमा भएको  तालिममा बिपद जाेखिम न्युनिकरण ब्यबस्थापन प्राबिधिकरण गाेमा चेम्जाेङ,प्रदेश बिपद् ब्यबस्थापन कार्यकारी समितिकाे बिज्ञ सदस्य राम कुमार दाहाल,राष्ट्रिय विपद् ब्यबस्थापन निर्देशनालयका प्रमुख सेनानी निरज प्रताप ज ब रा लगायतले सहजीकरण गरेका थिए ।

सुप्रिया राई
प्रतिक्रिया