इटहरी । अन्तराष्ट्रिय मानव वेचविखन दिवसको अवसरमा इटहरीमा मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमीक महिलाहरुलाई मानव वेचविखन तथा ओसारपसार नियन्त्रण सम्वन्धी कानुनी विषयक अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ ।
मानीस किन्ने वा वेच्नेलाई २० वर्ष कैद र २ लाख जरीवाना,वेस्यावृद्धिमा लगाउनेलाई १० वर्ष देखी १५ वर्ष कैद र ५० हजार देखी १ लाख सम्म जरीवाना,कानुनविपरीत मानव अंग झिक्नेलाई १० वर्ष कैद र २ लाख देखी ५ लाख सम्म जरीवाना,वेस्यागमन गर्नेलाई १ महिना देखी ३ महिना सम्म कैद र २ हजार देखी ५ हजार सम्म जरीवाना लाग्ने लगायतका कानुनी विषयमा माइती नेपाल परामर्स तथा पुर्नस्थापना गृह सुनसरीको प्रमुख सुनीता कार्कीले सहजीकरण गरेकी थिइन् ।
माइती नेपाल परामर्ष तथा पुर्नस्थापना गृह सुनसरी,श्रमीक महिला साझा मञ्च सुनसीको आयोजना तथा जिल्ला पहिचान संजालको समन्वयमा भएको कार्यक्रममा इटहरी वडा नं. ४ को महिला वडा सदस्य दिलु वराइलीले महिलाहरुको हकअधिकारको लागी आफु सधै लडीरहेको साथै महिलाको अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्था सग सहकार्य समन्वय गर्दै सहयोग गर्न तयार रहेको वताइन् ।
कार्यक्रममा श्रमीक महिला साझा मञ्च नेपालको सल्लाकार पार्वती लीम्वु,श्रमीक महीला साझा मञ्च को अध्यक्ष मञ्जु चौधरी,श्रमीक महिला साझा मञ्चको सामाजीक परीचालीका संगीता राजवंसी लगायत विभिन्न मनोरञ्जन क्षेत्रमा काम गरीरहेका दिदिवहिनीहरुको सहभागीता रहेको थियो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो