रतुवा खोलादेखि दमक बजारभित्र सरसफाई

फाष्ट मिडिया नेपाल संवाददाता

दमक । दमक नगरपालिका वडा नं. ७ स्थित रतुवा खोलादेखि दमक गणतन्त्र चोक बजारमा क्षेत्रको सरसफाई गरिएको छ ।


समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत किराँत राई यायोख्या वडा कार्य समितीको आयोजना तथा ईलाका प्रहरी कार्यालय दमक र दमक नमुना व्याडमिन्टन एकेडेमिको सहकार्यमा सो सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।


दमक नगरपालिकाका प्रमुख राम थापा उप–प्रमुख रेगिना प्रसाई भट्टराई, नगर प्रहरीहरु, यस कार्यालयका कार्यालय प्रमुख डिएसपी निशान थापा तथा अन्य प्रहरी कर्मचारीहरु, ससस्त्र प्रहरी कर्मचारीहरु लगायत विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितीमा बजार सरसफाई कार्यक्रम गरी उक्त कार्यक्रम समयमा समापन गरिएको थियो ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया