आज भन्दा अढाई दसक पहिला सुनसरी सदरमुकाम इनरुवामा जन्म भएकाे मेराे बाल्यकाल इनरुवाकै माटाेमा खेल्दै,लढ्दै-पढ्दै बित्याे।साच्चै नै कति रमाईला थिए ती मेरा बाल्यकालका सुनाैला दिनहरु।अहिले यतिका बर्ष पछि याे उमेरमा आइपुगेर त्याे दिनहरु सम्झिदा पनि एक किसिमकाे छुट्टै आनन्द आउछ मलाई।
न त कुनै कुराकाे पिर हुन्थ्याे न त कुनै कुराकाे टेन्सन। हुनथ्याे त केवल के खेल्ने हाेला,काे सगँ खेल्ने हाेला,काे-काे साथीहरु खेल्न आउलान,घर बाट खेल्न जान दिनु हुन्छ कि हुदैन भन्ने।बिदाकाे दिन आउनसाथ बाल्यकालका ती अविश्मरणीय दिन हरुकाे याद आउधा रहेछन्।जहाँ हप्ताभरिकाे थकान बिर्सेर स्टमीत्र हरु सँग रमाएकाे अनि सुख दुख साटेकाे।
आहाँ कति सुन्दर,अनाैठाे र मिठाे हुन्छन ती बाल्यकाल का अविश्मरणीयदिन हरु।कहिले म हजुरबुबाकाे काखमा,कहिले हजुरआमाकाे काखमा त कहिले बुबाआमाकाे साथमा समय बिताउने गर्छाै।अनि उहाँ हरुले पनि आफ्नाे हाँसाे अनि खुशीकाे प्रवाह नगरी मलाई हुर्काउनु भयाे,पढाउनु भयाे र याे सारा संसार चिनाउनु भयाे।धेेरै याद आउछ त्याे बाल्यकालका दिन हरु जब म तपाईं हरुकाे काखबाट निकै टाढा हुन्छु बुबाआमा।
बाल्यकालका ती दिनहरु गाउँका मेला पाखा,खेतकाे कान्ला हरुमा जहाँ गाई,बाख्रा चराउन गइन्थ्याे आफ्ना साथीभाइ हरुसगँ। भाडाकुटी खेलेकाे, टालाटुली खेलेकाे, साईकलकाे टायर गुड्काउने प्रतिस्पर्धा गरेका ती दिन हरु अझै याे मानस्पटलमा झलझलि छ। माेजाकाे फूटबल र टालीकाे पिट्टाे खेलेकाे त्याे दिनहरु। चुङ्गी र डन्डीबीयाे खेलेकाे त्याे दिन र साथी हरु खेल हार्न लागेपछि झ्याल्टि भयाे भनेर झगडा गर्दै घर फर्केकाे दिन हरु। अनि बासँघारी र पराल टायलमा गएर लुकी-लुकी तास खेलिथ्याे साथ साथै अरु थुप्रै रमाईला मनाेरञ्जनात्मक खेलहरु पनि खेलिथ्याे र मनाेरञ्जन पनि गरिन्थ्याे।अहिले पनि आखाँमा झलझली याद आउछ ती दिन हरुकाे।
साथी हरुसघं भागेर घरै छेउकाे नहरमा पाैडी खेल्न गएका ती दिनहरु,घरमा नहरकाे दुशित पानीमा पाैडी खेल्न गएकाे भन्ने कुरा थाहाँ नपाउनुहाेस् भनेर कपाल,हात,खुट्टा र मुख फुस्राे नदेखियाेस भनेर ५ रुपैयाँकाे नवरत्न तेल किनेर लगाएका ती दिन हरु अझै ताजै छ याे मानस्पटलमा।सम्झना छ त्याे दिन हरुकाे जुन दिनहरुमा बासँघारी र खाली चाैरि तिर गएर चरामारेर ल्यएकाे त्याे दिनहरु र घरमा थाहाँ पाएर सुम्ला उठ्ने गरि कुटाई खाएका ती दिन हरु।बाटाे हिढ्दा कतै कसैका फ्यालेका पुराना चप्पल हरुभेटियाे भने घरमा ल्याएर त्यसलाई मिलार काटेर पाङ्ग्रा बानाईन्थ्याे र बासँकाे भाटा हरुकाे चाेकेमा जाेढेर गाडी बनाइन्थ्याे र छुट्टिका दिन गाउँभरि त्याे गाडि गुड्काउदै घुमिन्थ्याे।कहिलेकाहीँ तेराे भन्दा मेराे गाडी राम्रो र बलियाे छ भनेर साथि हरु सगँ झगडाै गर्न पनि पछि हट्दिन थिए म।
बाल्यकालका ती दिन हरु जुन बेलामा म दिन भरी क्यारम, लङ्गुर बुर्जा, तास, चेस, डन्डी बियाे, कवडि, चुङ्गि जस्ता खेल हरु आफ्ना हितैसी सथिहरु सगँ खेलेर बिताउथ्ये त्याे दिन निकै नै अबिस्मरणिय छ,आज पनि मेराे लागि ।आज जति रमाइलाे माेटरसाइकल र कार चलाउदा हुन्छ त्याे भन्दा बढी रमाइलाे बाल्यकालमा साइकलकाे पुरानाे टायर गुडाउनुमा हुन्थ्याे।फूटबल,टेनीस,क्रीकेट खेल्दै बितेका ती दिन हरु सम्झिदा समेत नकै रमाईलाे लाग्छ आज।फूटबल र भलिबल किन्न काे लागि एक्लै नसकेर सबै साथिहरु मिलेर १००/१०० रुपैयाँ उठाएर किनेकाे फूटबल खेल्नुकाे मजानै बेग्लै हुन्थियाे।
आज एक्लै त्याे फूटबल र भलिबल किन्न सक्ने हैसीयत त बनाए तर त्याे सबै साथीहरु जस्ले १००/१०० रुपैयाँकाे याेगदान गरेका थिए तिनी हरुलाई अब कहाँ खाेज्न जानू,कहाँ बाट ल्याउनु?क्रीकेट खेल्दा बल झाडीमा गएर खाेज्न जादा पहिले हराएकाे बल सहित २/३ वटा बल फेला पार्नुकाे खुशी निकै रमणिय र आनन्ददायी हुन्थ्याे।बाँसकाे पटकेरा,सुपाडीकाे पत्ता र केराकाे दाम्चामा बसेर चिप्लेटी खेलेका ती दिनहरु,बाँसकाे पटकेरा र कटरकाे पत्ताकाे फिर्फिरे बनाएर कस्काे धेरै उड्ने भनेर साथी हरु सङ प्रतिस्पर्धा गरेका ती दिन हरु।
गाउँमा बाडी पस्दा केराकाे घरीमा बसेर तहीरेकाे ती दन हरु,लब्बडकाे लब्बरड्याङ खेलेका ती साथीहरु खै कता गए? गुच्चा र, लुडाे, छुईडुम,लुकीडुम, पिट्टाे आदि खेलेका ती दिन हरु।खाेई कहाँ गए ती साथीहरु जाे सङ गुच्चा, चुङ्गी, फूटबल, क्रिकुट, भलिबल, डन्डिवीयाे, पाैडी खेलिन्थ्याे। आज आफू सङ चाहेका सबै कुरा छ तर कमि छ केवल त्याे बाल्यकालका साथी हरु जाे सङ दिन बिताउन निकै रमाईलाे हुन्थ्याे र दिन बितेकाे समेत पत्तै पाइदैन थियाे।त्याे बाल्यकाल अब चाहेर पनि फर्काउन सकिँदैन तेसैले त त्याे समय का मिठा र अवश्मरणीय पल हरु सम्झना बाहेक अरु केही वकल्प छैन आज म सगँ।
धेरै सम्झना छन ती बाल्यकाल का दिन हरुकाे चाहेर पनि त्याे बितेकाे दिनमा जान सकिँदैन तेसैल त आज तेहि बितिसकेका दिन हरुलाई सम्झिदै बस्ने भन्दा अरु केही उपाय छैन।
आज फेरि त्याे बाल्यकालमा जान मन लाग्याे।जिवनकाे यात्रा,नयाँ अनुभव,नयाँ ठाउँ,नयाँ परिबेसमा पनि बाल्यकालमा गरेका कुरा हरु सम्झँदा मन निकै रमाँउछ।