उर्लाबारी । मोरङको इलाका प्रहरी कार्यालय पथरीले आइतबार ठूलो परिणाममा लोपोन्मुख बन्यजन्तु सालकको खपटा र लागुऔषध खैरो हिरोइनको कारोवार गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
नेपाल र भारतमा बसेर खैरो हिरोइन र सालकको खपटाको कारोबार गर्नेहरूलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरी बुधबार स्थानीय जनप्रतिनिधि र मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज कार्कीको रोहवरमा सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय पथरीले सालकका खपटाको ब्यापार गर्नेलाई सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको हो । प्रहरीले पत्रकार सम्मेलनमा लोपोमुन्ख बन्यजन्तु सालकको हाडखोर र खपटा सहित पक्राउ परेकालाई समेत सार्वजानिक गरेको छ ।
प्रदेश १–०२–०५२ प ११६७ नम्बरको मोटरसाइकलमा सवार मोरङको रङ्गेली – १ का ४५ वर्षीय गगन गच्छदार र कन्चनपुर नगरपालिका ५ सप्तरी बस्ने वर्ष ३५ बासुदेव सरदारलाई ८५० ग्राम खपटा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै रामपुर ३ उदयपुरको गिदेरी खोला बगरमा ४ केजी ५८४ ग्रम खपटा सहित बेलका ३ उदयपुरका ४८ वर्षीय कृष्णराज मगर, वडा न. ६ बस्ने डिक बहादुर पूर्वछाने मगर र सप्तरीको कृष्ण सरवन गाउँपालिका वडा न. १ का ५५ वर्षीय उमेशप्रसाद चौधरीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूलाई कानूनी कार्यवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक मोहनबिक्रम दाहालले बताए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो