दमक । पर्यटकीय क्षेत्रमा निकै कमजोर दमकलाई पर्यटकीय स्थलको खोज, पहिचान र प्रवद्र्धनको खाँचो रहेको भन्दै दमक नगरपालिकाको सहयोगमा होटल व्यवसायी संघ दमकले बृहत पद यात्रा कार्यक्रम आइतबार सम्पन्न गरेको छ । दमक चोकबाट औपचारिकता दिँदै सो पद यात्रा सुरु गरिएको हो ।
होटल व्यवसायी महासंघ कोशीका अध्यक्ष राजन दंगालको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि दमक नगरप्रमुख रामकुमार थापा थिए भने दमक उवा संघका अध्यक्ष गोपाल गुरागाई, होटल व्यवसायी संघ झापा जिल्ला अध्यक्ष इन्दिरा श्रेष्ठ, क्लब हिमालयन टाइगर दमक शाखाका अध्यक्ष खगेन्द्र बजगाई विभिन्न देशबाट उपस्थित सेफहरुलगायत पर्यटन र होटलसँग सम्बन्धित व्यक्तित्वहरु, सामाजिक अगुवा तथा बद्धिजीविहरुको बृहत उपस्थिति रहेको छ ।
दमकमा ४५ देशका सेफहरुले नेपाली परिकार विश्वमाझ पु¥याउन आयोजित २ दिने फुडफेस्टिवल सकिए लगत्तै तिनै सेफहरुसमेत सम्मिलिन उक्त पदयात्राको आयोजना गरिएको आयोजकले जनाएको छ।
सो पदयात्रा दमक २ को अन्धा राजारानीसम्म पुगेको छ । सो कार्यक्रममा नगरप्रमुख रामकुमार थापा, अध्यक्षता गरिरहेका राजन दंगाल र दउवा संघका अध्यक्ष गोपाल गुरागाईले स्वागत सम्मानसहितको मन्तव्य राखेका थिए ।
नेपाली उत्पादनबाट बनेका परिकारलाई विश्वसमुदायमा लैजान सेफहरुले गरेको प्रयत्न र प्रयासलाई समेत प्रवद्र्धन गर्ने उक्त पद यात्राको उद्देश्य रहेको वक्ताहरुले बताए ।
वक्ताहरुले दमकलाई पर्यटकीय हब बनाउन विभिन्न विचारहरु राखेका थिए । दमक नगरप्रमुख रामकुमार थापाले दमकलाई पर्यटकीय हबका लागि दमक–२ को शहिद बन बाटिका क्षेत्रमा ५० विगाहा जग्गाको व्यवस्थापनको प्रक्रिया अगाडि बढिसकेको र अब चाडै नै यो क्षेत्र दमकको आकर्षक पर्यटकीय स्थल बन्ने विश्वास दिलाए ।
औपचारिक रूपमा विस्तृत परियोजना सार्वजनिक नभए पनि दमक नगरपालिकाले “औद्योगिक, पर्यटकीय र हरित सहर” अवधारणाअन्तर्गत उक्त क्षेत्रलाई दीर्घकालीन रूपमा पर्यटन, व्यापार र सहरी विकाससँग जोड्ने सोच अघि सारेको छ ।
स्थानीय स्तरमा चर्चामा आएको अवधारणाअनुसार उक्त क्षेत्रमाः आधुनिक पार्क, मनोरञ्जन स्थल, बाल उद्यान, अपांग मैत्री, बृद्धबृद्धाका लागि आकर्षक र आनन्ददायी स्थल, व्यापारिक संरचना, हरियाली क्षेत्र, पैदलमार्ग, तालतलैया त्यसभित्रका आकर्षणक मनोरञ्जनात्मक खेल, खुला सार्वजनिक क्षेत्र जस्ता संरचना विकास गर्ने प्रारम्भिक सोच रहेको नगरप्रमुखले बताए । हुन त दमकमा भ्यू टावर, व्यापारिक कम्प्लेक्स र आसपासको सहरी विस्तारसँग जोडेर समग्र क्षेत्रलाई पर्यटन र व्यवसायिक केन्द्रका रूपमा विकास गर्ने रणनीति समेत रहेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो