पाठकको पुर्पुरो : वि.सं. २०८१ भाद्र ४ गते (तद्अनुसार सन् २०२४ अगस्त २० तारिख) मंगलबार –ॐ गनगणपताय नमः

फामिने ज्योतिष

मेष – समय शुभदायी छ । समस्या पर्दा साथ दिनेहरू बढ्नेछन् भने मान-प्रतिष्ठा पाइनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला । दौडधुप बढेपनि समय फजुल खेर नजाने योग छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष – इच्छाशक्ति बढ्ने तथा रचनात्मक कार्य आरम्भ गर्न सकिने समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलोे रहने देखिन्छ । स्वास्थ्य केही प्रतिकूल रहेपनि हिम्मतले काम लिन सकिएला । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्ने योग रहेकोले सावधानीपूर्वक यससम्बन्धी व्यवहार गर्नुहोला । पुराना समस्या दोहोरिन सक्छन् । आजको दिन पढाइलेखाइमा खासै समय दिन नसकिएला । यात्रापरक काम बन्नेछ ।

मिथुन – आजको दिन काममा रोकावट र कममात्र फाइदा हुने प्रवल सम्भावना छ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिने देखिन्छ, सचेत रहनुहोला । आर्जित धन तत्काल खर्च हुन सक्छ । पशुधन र जमिनबाट भने सामान्य लाभ उठाउन सकिनेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । प्रतिकुलताका बाबजुद समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने योग छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – केही जोखिम बढेपनि रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – उद्योग-व्यापारमा विशेष फाइदा हुने एवम् प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ ।सुखद समाचार सुन्न पाइएला । दिन उत्साहपूर्ण रहने देखिन्छ । स्वास्थ्य सबल रहनेछ र विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । कृषि-चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुर्ला । मित्रजन सहयोगी बनेर देखापर्नेछन् ।

कन्या – प्रेमभाव वृद्धि हुनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । कृषिकार्यमा केही समस्या देखिए पनि अन्य माध्यमबाट राम्रै धन आर्जन हुने योग छ । व्यावसायिक यात्राको सम्भावना छ । आम्दानी बढ्नेछ । दाम्पत्य जीवन रमाइलो रहला । साझेदारीमा भने समस्या आइपर्ने तथा पहिलेको सम्झौता भंग हुन सक्ने देखिन्छ, सावधान रहनुहोला । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

तुला – प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुने देखिएपनि बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । नियमित कार्यबाट नयाँ ज्ञान सिक्ने मौका मिल्ला । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट विशेष लाभ मिल्ने देखिन्छ । पढाइलेखाइमा प्रगति हुने समय छ । विशेष योजनामा सक्रिय हुनुहन्छ भने सफलतापूर्वक सम्पन्न हुने योग छ ।

वृश्चिक – मनमा केही त्रासको अवस्था रहेपनि आजको दिन विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । आश मारेको कामले पुनः उत्साह जगाउने योग छ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । आरोग्यता रहला ।

धनु – कार्यसम्पादनको क्षमता वृद्धि हुने र नियमित कार्यमा विशेष गति मिल्ने समय छ । प्रयत्नका बाबजुद केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा भने विशेष ध्यान राख्नुपर्नेछ । पराक्रम बढ्नेछ ।

मकर – आजको दिन मिश्रित फलदायी रहने देखिन्छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ भने परिवारजनसँग आत्मीयता वृद्धि होला । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । तथापि, आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने र गल्तीबिनै आरोप लाग्नसक्ने योग छ । सामान्य गल्तीमा पनि अपजशको भागीदार बन्नुपर्ने सम्भावना रहेकोले अत्यन्त सावधानीपूर्वक व्यवहार गर्नु हितकर हुनेछ ।

कुम्भ – आजको दिन परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल रहने तथा अरूको फाइदाका लागि उपयोग भइने देखिन्छ । काम बिग्रने डरले सताइरहला । थिचोमिचो गर्नेहरूले सताउनेछन् । चोरी वा ठगीमा समेत परिने योग छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । स्वास्थ्य सबल रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – दीर्घकालीन रूपमा फाइदा मिल्ने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्ला । विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीका कारण भने दुःख पाइने योग छ । पुरानो समस्याले केही झमेला दिलाउन सक्छ । आफन्तको साथ मिल्नेछ । विलासी कर्म बढ्नेछ ।

फामिने ज्योतिष
प्रतिक्रिया