एजेन्सी । भारतको गाजियाबादका हरिश राणाको आज नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० अस्पतालमा निधन भएको छ।
उनी विगत १३ वर्षदेखि कोमामा थिए। केही दिनअघि भारतको सर्वोच्च अदालतले उनलाई इच्छामृत्युको अनुमति दिएको थियो।
हरिश राणा एम्सको इन्स्टिच्युट रोटरी क्यान्सर अस्पताल ९आईआरसीएच०मा भर्ना थिए। उनलाई प्यालिएटिभ केयर कक्षमा राखिएको थियो।
अस्पतालमा एक सातादेखि उनको गहन निगरानी भइरहेको थियो। मार्च २३ मा चिकित्सकहरूले उनलाई केही दिन अझै निगरानीमा राख्न सकिने बताएका थिए।
उनी पछिल्लो एक सातादेखि खाना र पानी बिना जीवित थिए। इच्छामृत्यु प्रक्रियाअन्तर्गत यो क्रम छ दिनदेखि जारी थियो। यस अवधिमा उनका आमाबुवा कुनै चमत्कार हुने आशामा थिए।
निधनअघि आमाको प्रार्थना
हरिशकी आमा अस्पतालमा बसेर हनुमान चालीसा पाठ गरिरहेकी थिइन्। छोराको निधनअघि उनले भावुक हुँदै भनिन्, ‘मेरो छोरा सास लिइरहेको छ, उसको मुटुको धड्कन अझै चलिरहेको छ।’ उनले छोराले आफूलाई छोडेर जान लागेको पनि बताएकी थिइन्।
इच्छामृत्यु प्रक्रिया
सर्वोच्च अदालतबाट अनुमति पाएपछि इच्छामृत्यु प्रक्रिया सुरु गरिएको थियो। १३ वर्षदेखि कोमामा रहेका हरिशको अवस्थामाथि चिकित्सकहरूको विशेष टोलीले निरन्तर निगरानी गरिरहेको थियो। एक सातासम्म खाना र पानी बिना राखेपछि उनको निधन भएको हो। यो अत्यन्त जटिल र संवेदनशील मामला मानिएको छ।
zCqnQYsJJSU
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो