विराटनगर । सिटी प्यालेस विराटनगरमा भारतीय राजदुतावास पेन्शन वितरण कार्यलय धरानको संलग्नतामा भारतीय राजदुतावास स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्धारा आयोजित नृत्याञ्जली (कथक नृत्य) को आयोजना गरिएको थियो ।
पीपीओ धरानको संलग्नतामा रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कोशी प्रदेशका मुख्यमन्त्री माननीय श्री हिक्मत कुमार कार्कीले पानसमा बत्ति बालेर कायक्रमको शुभारम्भ गरेका थिए ।
साथै बिराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला, मोरङ्गका प्रमुख जिल्ला अधिकारी श्री पे्रम प्रसाद भट्टराई, कोशी प्रदेशका माननिय सभासद यसोदा कायस्थ, लगायत आमन्त्रित नेपाल सरकारका विशिष्ट श्रेणीका व्यक्तिहरु, नेपाल प्रहरी, नेपाली सेनाका प्रतिनिधि, नेपाल भारत मैत्रीसंघका पदाधिकारीहरु, व्यपारी वर्ग, पीपीओ धरानका प्रभारी अधिकारी मेजर भरत कनोजिया लगायत कर्मचारीसाथै स्थानिय बुद्धिजिवीहरुको उपस्थिति सो कार्यक्रममा रहेको थियो ।
महानगरपालिकाका मेयर कोईराला नेपाल–भारतको सु– मधुर सम्बन्धबारे प्रकास पारे । भारतीय राजदूतावास साथै सहभागी कलाकारहरुलाई प्रमुख अतिथि तथा मुख्यमन्त्री कार्कीले धन्यवाद दिएका थिए । यस प्रकारको आयोजित कार्यक्रमले हाम्रो दुई देशको भाईचारा, सम्बन्ध अझै प्रगाढ हुने विश्वास राख्दै कार्यक्रमको प्रशंसा गरेका थिए । मुख्यमन्त्री कार्कीले २०८२ लाई भ्रमण वर्षको रुपमा मनाउने उद्घोष गर्दै भारतीय दुतावासको साथ र सहयोग प्राप्त हुने अपेक्षा राखेको बताए ।
कार्यक्रमको अन्तमा प्रभारी अधिकारी मेजर भरत कनोजियाले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका सहभागी टोलीलाई धन्यवाद दिए । उनले कुनै पनि देशलाई चिनाउन लागि त्यस देशको कला र संस्कृतिले महत्वपूर्ण भुमिका हुने र त्यसमधये कथक नृत्य एक रहेको बताए । कथक नृत्य भारतको पौराणिक नृत्य हो जो भारतको राजस्थान र उत्तर भारतबाट शुरुवात भएको साथ साथै हिन्दु ग्रन्थहरुमा पनि यसको वणर्न गरिएको पाईएको छ ।
उनले अझ प्रष्ट पार्दै यस्ता नृत्यहरुले देशको सांस्कृतिक सम्वृद्धि र विविधतालाई देखाउछ र हरेक नृत्य शैलीले मानिसको परम्परा, जीवन शैली र कथा वर्णन र सांस्कृतिक विविधता बयान गर्ने उल्लेख गरे ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो