३७ औं अन्तराष्ट्रिय लागु औषध दिवसका अवसरमा इटहरीमा प्रभातफेरी

सुप्रिया राई

इटहरी । ३७ औं लागु औषध तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय लागु औषध दिवस इटहरीमा प्रभातफेरी गरेर मनाइएको छ ।

लागु औषध दुव्र्यसनी क्षेत्रमा काम गर्ने लागु औषध प्रयोग कर्तारुको लागी  १९८७ मा राष्ट्र संघले एउटा कानुन पारित गरियो जुन कानुन अन्र्तगत लागु औषध विरुद्धको दिवसको घोषणा  गरेर यो दिनलाई अन्तराष्ट्रिय दिवसको रुपमा मनाउदै आएको आस्था फाण्डेसन इटहरीका अध्यक्ष चन्द्र वरालले जानकारी गराए ।

इटहरी वडा नं ६ का वडा अध्यक्ष दिवस पोखरेलको प्रमुख आतित्थ्यतामा भएको सो कार्यक्रममा  रिकभरिङ नेपाल कोशी प्रदेश,जिल्ला स्वास्थ्य कार्यलय सुनसरी,सामुदायीक प्रहरी साझेदी कार्यक्रम इ,प्र,का,इटहरीको आयोजनामा भएको थियो भने कार्यक्रममा आस्था फाउण्डेसन,जागरण आरोग्य समुह नेपाल,माया घर नेपाल,माइती नेपाल आम्दा नेपाल,महिला सहयोगी समुह,निलहीरा समाज,प्रयास नेपाल लगायतको प्रतिनिधीहरुको सहभागीता रहेको थियो  ।

सुप्रिया राई
प्रतिक्रिया