इटहरीमा जितिया विशेष शुभकामना आदानप्रदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न इटहरी ।

सुप्रिया राई

अखिल नेपाल महिला संघ, इटहरी–१७ वडा समिति द्वारा जितिया पर्वको अवसरमा विशेष शुभकामना आदानप्रदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

शनिबार लविपुरस्थित बाल विकास बोर्डिङ स्कूलमा सम्पन्न कार्यक्रममा जनजाग्रीती स्कुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। कार्यक्रममा महिलाहरुबीच सांस्कृतिक तथा सामुदायिक एकता प्रवर्द्धन गर्दै जितियाको सामाजिक महत्वमाथि समेत प्रकाश पारिएको थियो।

अनेमा संघ केन्द्रीय सदस्य अन्जु कुमारी चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमका वक्ताहरुले परम्परागत चाडपर्व केवल धार्मिक अभ्यासमा सीमित नराखी सामाजिक रुपान्तरण र शैक्षिक उत्थानसँग जोडिनु आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

उनीहरुले समाजमा विद्यमान असमानता, विभेद र चुनौतीहरु विरुद्ध महिलाको साझा मोर्चा सशक्त बनाउन यस्ता अवसरले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

अखिल नेपाल महिला संघ, इटहरी–१७ वडा समितिका अध्यक्ष तथा कार्यक्रमकाे सभापति ट्वीकल चाैधरीले शिक्षा बाट बालबालिकाहरु बन्चित नहुन भनि आफुले टिकटक,फेसबुका साथीहरु सग सल्लाह गरि देश तथा बिदेसका साथिहरु मार्फत आर्थिक संकलन गरि शैक्षिक सामाग्री बितरण गरिएको जानकारी गराइन ।

यसै अवसरमा २० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला नेतृ, सामाजिक अगुवा, शिक्षक तथा अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियाे ।

सुप्रिया राई
प्रतिक्रिया