इटहरी ,नेपाल आदिवासी जनजाति युवा महासंघ इटहरी उपमहानगर कार्यसमितिको नवौं उपमहानगर अधिवेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट विसन राई अध्यक्षमा चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा राजकुमार तामाङ ,महिला उपाध्यक्षमा डाछिरिङ शेर्पा , सचिव देबी राई, सह–सचिवमा जीवन केरुङ कोषाध्यक्षमा निकेस माझी चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा बविता माझी, ज्योति गुरुङ, विपना लिम्बु,लगायत सत्र सदस्यीय कार्यसमिति चयन भएको हाे ।अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालका लागि संगठन सुदृढीकरण, आदिवासी जनजाति युवाको हक–अधिकार संरक्षण, क्षमता विकास तथा समुदाय केन्द्रित कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यसमिति चयनका लागि निर्वाचन मण्डलामा कमल राना मगर,छिरिङ शेर्पा ,सिला गरुङ रहेका थिए ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो