फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता
केराबारी । चटपटेबाट व्यवसाय सुरु गरेका केराबारी ७ का आगलागी पीडित सन्तहाङ चेम्जोङलाई साथ दिनेहरु बढ्दै गएका छन् । परिश्रमी तथा पौरखीको व्यक्तित्वमा रुपमा चिनिएका सन्तहाङले सञ्चालन गर्दै आएको रिसोर्टको मुख्य कटेजमा आगो लागेर क्षति भएपछि साथ र सहयोग गर्नेहरुको उत्साहले सन्तहाङ अझ प्रफुल्लित बनाएको मात्र छैन उक्त स्थानलाई केराबारीकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउने योजना बुन्न थालेका छन् ।
शान्त र सुन्दर खोलाको किनारमा सञ्चालित उक्त रिसोर्टको मुख्य कटेजमा फागुन ११ गते विद्युत सर्ट भई आगलागी भएपछि सञ्चालनमा ल्याउन सन्तहाङलाई समस्या परेपछि विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग जुटाउँदै साथ दिइरहेको सन्तहाङ बताउँछन् ।
उक्त होटल पुन संञ्चालनमा ल्याउन आवश्यक रकम जुटाइदिने क्रममा केराबारीमा भर्खरै मात्र गठन भएको स्वतन्त्र नागरिक समाजको तर्फबाट २५ हजार ५ सय रुपैयाँ संकलन गरी हस्तान्तरण गरेको छ । स्वतन्त्र नागरिक मंञ्चका संयोजक लालबहादुर बस्नेत, सह–संयोजक एवं प्रदेश सभा सदस्यका उम्मेद्वार दिपक राई, केराबारी गाउँपालिकाका अध्यक्षका उम्मेद्वार अशोक सापकोटा, मञ्चका सदस्यहरु कुमार खड्का, गोकुल थापा, यमणी चापागाँई लगायतको टिम आगलागि भएको स्थानमा आएर सहयोग सहयोग रकम अग्निपिडित चेम्जोङ्गलाई हस्तान्तरण गरेको सदस्य गोकुल थापाले बताए ।
यस अघि लघुवित्त बैंक वितिय संस्थाहरुबाट पिडित भएकाहरुको आवाज उठाउदै आएका संघर्ष समितिका संयोजक राधिका विक लगायतको टिमले उनलाई ४ बोरा सिमेन्ट सहयोग गरेका थिए । पीडित सन्तहाङका अनुसार स्वदेश तथा विदेशबाट धेरै जनाले सहयोग पठाउने बचन दिएको बताए । उनले स्थानीय पालिकाको राहतकोषसहित रेडक्रमलगायत अन्य विभिन्न सामाजिक संस्थाहरुबाट समेत सहयोग आउने भएपछि आफूलाई अब होटल सञ्चालनमा कठिनाई नभएको तर यि तमाम सहयोगीको मन जित्ने गरी केराबारीकै आकर्षक गन्तव्य स्थल निर्माणमा कसरी लाग्ने भन्ने चिन्ताले सताएको बताउँछन् ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो