मेष – आजको दिन इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुने देखिए पनि आफ्नो तथा परिवारका सदस्यको स्वास्थ्यका कारण चिन्तित हुनुपर्ला । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग पनि छ । इर्ष्या गर्नेहरूले दुःख दिनेछन्, सावधान रहनुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । आमोदप्रमोदको अवसर मिल्न सक्छ ।
वृष – आरोग्य बढ्ने देखिए पनि आजको दिन खास शुभदायी नरहला । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ने समय छ । गलत संगतबाट बच्ने प्रयत्न गर्नु हितकर होला । बन्धुवान्धवसँग असमझदारी बढ्ने सम्भावना रहेको छ । आम्दानी भन्दा बढी खर्च गर्नुपर्दा अशान्ति बढ्ला । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । यसका बाबजुद ठूला व्यक्तिबाट मानसम्मान प्राप्त हुने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – आजको दिन परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि ब्यापारबाट लाभ तथा आर्थिक समस्या समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर पाइनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
कर्कट – दायित्व वृद्धि हुने दिन छ । विभिन्न अवसरले पछ्याउने समय छ । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । यात्रा र सवारी साधन उपयोग गर्दा भने विशेष सावधानी अपनाउनुपर्ने छ । आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
सिंह – आजको दिन प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने योग रहे पनि स्वास्थ्यगत समस्याले सताउन सक्छ । कर्मबल बढ्ने देखिए पनि जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । यात्रामा सफलता मिल्ने र मित्रजनको साथ प्राप्त हुनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – लामो समयदेखि रोकिएका काम सम्पादन गर्न सकिने दिन छ । आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्ने भएकोले ध्यान दिएर काम गर्नु होला । व्यवसायमा मन्दी र खर्च बढ्ने देखिन्छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । अन्ततः समस्याको समाधान मिल्नेछ ।
तुला – नयाँ काममा हात हाल्ने समय आएको छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने धन लाभ पनि हुने देखिन्छ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । मान प्राप्त हुने समय छ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – दिन शुभदायी छ । सामाजिक प्रतिष्ठा पाइने समय छ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिएला । मित्रजनबाट लाभ मिल्ने योग छ । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् । चिताएको काम बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु – आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्ने तथा राजनीतिक पहुँच बढ्ने देखिए पनि विवादको सामना गर्नुपर्ने समय छ । स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ, सावधान रहनुहोला । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ, तर विपरीतलिंगी वा हितैषी मित्रहरूले साथ दिनेछन् । । मिठो भोजन खान पाउनु हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – खराब व्यक्तिको संगतले मान-सम्मानमा चोट पुग्ने सम्भावना भएकोले आजको दिन विशेष सजग रहनु हितकर होला । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । अधिकारवाला व्यक्तित्वबाट धोका हुन सक्छ । स्वास्थ्यका लागि खानपानमा सजक रहनुहोला । अरूको मुख ताक्ने बानीले धोका हुन सक्छ । दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ – व्यस्तता बढ्ने देखिए पनि दिन शुभदायी छ । व्यवसाय र उद्योगधन्दामा फाइदा मिल्नेछ । संगीत तथा कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । विशेष उपहार हातलागी हुनेछन् । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । नयाँ आयस्रोत बर्द्धक काममा सफलता मिल्नेछ भने सन्तान पक्षबाट सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मीन – पराक्रम वृद्धि हुने र मान बढ्ने समय छ । अप्ठ्यारा काम पनि सहजै सम्पादन हुने समय छ । विपरीतलिंगीको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो