रानी ब्युटी पार्लर : सेवा, तालिम र आत्मनिर्भरता निर्माणको केन्द्र

सुप्रिया राई

इटहरी — सौन्दर्यसँगै आत्मनिर्भरता पनि सिकाउन सकिन्छ भन्ने दृष्टिकोणलाई आत्मसात् गर्दै इटहरीस्थित रानी ब्युटी पार्लर ले पार्लरसम्बन्धी सम्पूर्ण सेवा मात्र होइन, सीपमूलक तालिमसमेत प्रदान गर्दै आएको छ।

प्रभु बैंक नजिकको गल्लीमा अवस्थित उक्त पार्लरकी सञ्चालक रञ्जना घिमिरेका अनुसार यहाँ पार्लरसम्बन्धी व्यावसायिक तालिमसँगै सिलाइ–कटाइ, फोटो तथा भिडियो खिच्ने सेवा समेत उपलब्ध गराइन्छ। पार्लरमा प्रत्यक्ष उपस्थित हुन नसक्ने कामकाजी दिदीबहिनीलाई लक्षित गर्दै होम सर्भिस सुविधा र टाढाबाट सिक्न आउन चाहनेलाई होस्टल सुविधा समेत रहेको उनले जानकारी दिइन्।

“हाम्रो उद्देश्य केवल सौन्दर्य सेवा दिने मात्र होइन, महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने हो,” सञ्चालक घिमिरेले भनिन्। उनका अनुसार यहाँ सिकाइने तालिमले महिलाहरूलाई स्वरोजगारतर्फ अभिमुख गराउने विश्वास लिइएको छ।

रानी ब्युटी पार्लरले प्रदान गर्दै आएको सेवा र तालिमले समाजका विभिन्न पृष्ठभूमिका महिलालाई आत्मनिर्भर र सक्षम बनाउने अभियानलाई थप सशक्त तुल्याइरहेको छ।

सुप्रिया राई
प्रतिक्रिया