लोक गायिकाकाको दिनचर्या : पीडा भुलाउने संगीत भर्दै कतारमा ट्याक्सी गुडाउँदै

फाष्ट मिडिया नेपाल संवाददाता

चिरञ्जीवि तिम्सिना

कतार । कतारलाई कर्मथलो बनाउँदै आएकी पश्चिम नेपालकी छोरी इन्दिरा शाह (महारानी) पछिल्लो समयमा बेखबर भएकी छन् । सामाजिक सञ्जालमा समेत अनेकन सामाजिक अभियानमार्फत जोडिरहने महारानी बेखबर भएपछि देश विदेशका उनका फ्यानहरुले खोजी गर्न थालेका छन् । यहि उनका फ्यान तथा स्रोतहरुको कौतुहलता मेटाउन कतारमा ट्याक्सी कुदाउँदै गर्दा भेटिएको छ । ठकुरी सहयोग संजाल कतारको विभिन्न तहमा रहँदै सामजिक अभियानबाट वरिष्ठ सल्लाहकार, नेपाली लोक दोहोरी एवं लोक संस्कृतिलाई अतिनै माया गर्ने मध्यपूर्वकी चिर परिचित लोक दोहोरी गायीका, आफ्नो पौरख र क्षमतामा विश्वास राख्ने सामाजिक सञ्जालमा महारानी युनिकले चर्चा कमाएकी इन्दिराले भर्खरै जन्म दिन मनाएकी छन् ।

‘लाईदेउ मोहनी’, ‘दिलकुमारी’, ‘झिलिमिली रमाइलो’ जस्ता दर्जनबढी गीतका गायिका इन्दिरा शाह ‘महारानी’ केही समय यता सांगीतिक क्षेत्रबाट बेखबर छिन् ।

सांगीतिक क्षेत्रबाट एकाएक ओझेल परेकी ‘महारानी’ हिजोआज कता के गर्दैछिन् ? सम्भवतः उनका सांगीतिक फ्यानलाई यस्तै चासो र कौतुहलता हुनसक्छ । तर उनी जीवन जीउने क्रममा कतारकै चिल्ला र फराकिला रोडहरुमा पीडा भुलाउने संगीत भर्दै ट्याक्सी दौडाउने गरेको धेरैलाई थाहा नहुन पनि सक्छ । यस्तै दिनचर्यामा बित्दैछ लोक गायिका इन्दिरा शाह (महारानी)को जीवन यात्रा । 

गायिका ‘महारानी’ करिब पाँच वर्षयता सांगीतिक माहोलबाट टाढा छिन् । त्यसो त उनी सन् २०१३ देखि नै कतार आउने जाने गर्थिन् । तर, पछिल्लो करिब पाँच वर्षयता भने उनी कतार गएर नेपाल आएकी छैन। उनी त्यहाँ ट्याक्सी चलाउँछिन् । ट्याक्सी चलाउनु उनको रुची पनि हो । उनले भनिन्, मेरो इच्छा ठूलो थियो ट्याक्सी चलाउने, ड्राइभिङ गर्ने । त्यही भएर मैलेचाहिँ ड्राइभिङ गरेको हो । अरु कामहरुभन्दा धेरै राम्रो पनि छ यो ।’

गायिका इन्दिरा अर्थात महारानीले भनिन्, ‘म यहाँ झण्डै चार वर्षदेखि ट्याक्सी चलाउँदै आएकी छु ।’ सोही क्रममा उनले ट्याक्सी चलाउनु आफ्नो रुची भएको बताइन् ।

गायिका इन्दिराको आफ्नै सोच र धारणा छ । उनी नेपालमा हुँदा पनि फरक किसिमले आफूलाई चिनाउन चाहन्थिन् । उनी उपनाम ‘युनिक महारानी’का रुपमा बढी चिनिन्छिन् ।

२०५९ सालदेखि गायनमा होमिएकी इन्दिराले १८ वटा गीति एल्बम ल्याइसकेकी छन् । तर, अब पुनः गायनमा फर्किन्छु वा फर्कन्न भन्ने उनैलाई थाहा छै्रन । ‘खै, नेपालमा केही गर्न सकिएन’ त्यसैले कतार आएँ’ उनले भनिन्, ‘यहाँ ट्याक्सी चलाएर जसोतसो आफूलाई पुग्ने कमाइ गरिरहेकी छु । नेपालमा त त्यो पनि गर्न सकिएन ।’

उनी कतारमा बिहान सबेरै ट्याक्सी लिएर सडकमा निस्किछिन् र साँझ अबेरसम्म प्यासेन्जर ओसारछिन् । ‘कहिलेकहिँ त रातिको १२ नै बज्छ’ उनले भनिन् । कतारमा सडकमा ट्याक्सी चलाउँदा आफूलाई कुनै अप्ठ्यारो महसुश नभएको उनले बताइन् । अरु काम भन्दा ट्याक्सी चलाउन सजिलो र आम्दानी पनि राम्रो हुने उनको भनाइ छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया