भद्रपुर । प्रेस क्लब भद्रपुरको कार्यालय भवन उद्घाटन भएको छ । नेपाल पत्रकार महासंघ चन्द्रगढी झापामा रहेको भवनको माथिल्लो तलामा निर्माण सम्पन्न भएको सो कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको हो । क्लबले १५ औ स्थापना दिवसको सन्दर्भमा सो भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले मूलुक परिवर्तनमा पत्रकारको अतुलनीय योगदान रहेको बताउँदै अग्रज पत्रकारले देखाएको मार्गलाई अवलम्बन गर्दै निस्पक्ष पत्रकारिता आजको आवश्यक रहेको बताए । मुख्यमन्त्री कार्कीले तथ्य सहितको समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्दै देशको आर्थिक उन्नतिलाई अग्रता देखाएर वैदेशिक रोजगारीको अन्त गर्नेगरि कलम चलाउन पत्रकारलाई आग्रह गरे ।
उनले कोशी प्रदेश सरकारले पत्रकारसंग आबद्ध जुनसुकै संघ संस्थालाई सहयोग गर्ने आफ्नो प्रतिबद्ध रहेको बताउँदै संचारकर्मीले देशको समृद्धितर्फ कलम चलाउनुपर्नेमा उनको जोड थियो । सो कार्यक्रममा दीर्घ सेवा सम्मानबाट अग्रज पत्रकार द्वय नकुल काजी र गोविन्द चन्द क्षेत्रीलाई नगद ११ हजार सहित प्रशंसापत्र तथा दोसल्ला ओढाएर सम्मान गरे। कार्यक्रममा भवन निर्माणमा सहयोग पु¥याउने एकराज भट्टराई सहितका ३१ वटा संस्था तथा व्यक्ति दाताहरूलाई कदरपत्रले सम्मान गरिएको थियो । क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा सम्पन कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्का, चन्द्रगढी सामुदायिक वन उपभोक्त समूह अध्यक्ष दुर्गाप्रसाद भट्टराई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन रोहित काफ्ले र डिल्ली रमण नेपालले संयुक्त रुपमा गरेका थिए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो