देश तथा विदेशका खबर– समाचार संक्षेप

फाष्ट मिडिया नेपाल संवाददाता

अरुणमा जीप खस्यो, तीन जनाको उद्दार
धनकुटा/संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खसेको छ  । प्रहरीका अनुसार सोमबार दिउँसो पौने ३ बजे धर्मदेवी नगरपालिका–८ सुर्तीबारीमा पैदलयात्रीलाई ठक्कर दिएपछि गाडी अनियन्त्रित भएको थियो । गाडी अरुण नदीमा डुबिसकेको छ । गाडीमा सवार तीन जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । कति नम्बरको, कहाँको गाडी भन्ने अझै पत्ता लाग्न सकेको छैन  ।

स्वीमिङ पुलमा डुबेर मृत्यु
भद्रपुर/ झापाको भद्रपुरमा होटलको स्विमिङ पुलमा डुबेर बालकको मृत्यु भएको छ । आइतबार साँझ भद्रपुर नगरपालिका वडा नम्बर ८ एयरपोर्ट नजिक रहेको होटल उडल्याण्डको स्विमिङ पुलमा भारतीय सचिन गोस्वामीको अन्दाजी ८ वर्षीय बिरु गोस्वामी स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका थिए । बालक गोस्वामीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ स्थितमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । वैशाख १४ गते डाइनियाबाट सिक्टी तर्फ जाँदै गरेको बीआर ३९ एच २९५६ नम्बरको भारतीय मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका २० वर्षीय साहवन आलम गम्भिर घाइते भएकोमा मोरङको रंगेली अस्पतालमा उपचारको क्रममा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

मोरङमा गुडिरहेको टिपरमा आगलागी
उर्लाबारी/ मोरङको बिराटनगर बिराटचौक सडक खण्डको मिलनचौकमा दिउसो डेढ बजेतिर गुडिरहेको टिफरमा आगलागी भएको छ । मोरङको मोतीपुरबाट इनरुवाको भुटाह तर्फ गिट्टी लोड गरेर जादै गरेको प्र १–०२–००१ ख ८५३१ नम्बरको टिफरमा अचानक आगलागी भएको अस्थाई प्रहरी चौकी घिनाघाटले जनाएको छ । आगलागी बाट टिफरको अघिल्लो भाग पुर्ण रुपमा जलेको छ । टिफरका चालक साजन सरदारका अनुसार गाडिमा धुवाको गन्ध आएपछि रोकेर हेर्दा आगो सल्कि सकेको र नजिकैको घरबाट बाल्टिमा पानी बोकेर निभाउने प्रयास गर्दा आफुले आगो नियत्रणमा लिन नस्कको बताए । टिफरमा लागेको आगोलाई बिराटनगर महानगरपालिकाको दमकलले करिब २० मिनेटको प्रयासमा नियन्त्रणमा लिएको थियो । टिफर चालक सरदारलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको अस्थाई प्रहरी चौकी घिनाघाटका प्रमुख सही राझेश खड्काले बताए ।

पालिका प्रमुखका ८४ को चाहना
बेलबारी/ सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई ०८४ को निर्वाचनमा पुनः अध्यक्षमा उठ्ने चाहना व्यक्त गरेका छन । उनले पार्टीले टिकट दिए आगामी स्थानीय तह निर्वाचन (२०८४) मा पुन मेयर पदमा उम्मेदवारी बताएका हुन । नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटीको नयाँ कार्यसमितिको सपथग्रहण कार्यक्रममा बोल्दै उनले आफू सबै नगरप्रमुखहरू भन्दा लोकप्रिय भएको समेत दाबी गरेका छन् । उक्त सपथग्रहण कार्यक्रममा बोल्दै उनले भने, “सबै मेयरमध्ये म नै सबैभन्दा पपुलर छु ।” उनले विकासका काममा अन्य पालिका भन्दा सुन्दरहरैंचा पपुलर भएको बताएका हुन् ।

धवलशमशेर राजनीतिमा सक्रिय
काठमाडौं । स्वास्थ्य उपचारका नाममा अदालतबाट हाजिरी जमानीमा छुटेका राप्रपाका महामन्त्री धवलशम्शेर राणा फेरि राजसंस्थाका पक्षमा उत्रिएका छन् । सोमबार राप्रपा नेपालले भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शन र सभामा उनी खुला रूपमा सहभागी भएका हुन् । स्वास्थ्य अवस्थाको कारण देखाउँदै उनी वैशाख ७ गते अदालतबाट साधारण तारेखमा रिहा भएका थिए । अदालतबाट छुटे लगत्तै राजनीतिक गतिविधिमा सक्रिय हुनुले उनीमाथि उठेका प्रश्नहरूलाई थप चर्काइदिएको छ । यता, तीनकुनेकै प्रदर्शनबाट पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै थुनामै छन् । एउटै घटनामा संलग्न व्यक्तिहरूमाथि फरक व्यवहार देखिएको भन्दै राजनीतिक प्रभाव र न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन् ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया