इटहरी । धरानको सर्दु खोला र सेउती खोलामा छठ पर्बको लागी धमाधम घाट निमार्ण हुदै गरेको छठ पसमीतीका अध्यक्ष बिजय शाहले जानकारी गराएका छन् ।
नव गठीत धरान छठ पुजा समीतीका अध्यक्ष बिजय शाहले नया तरीकाले छठ पुजा समारोह तयारी भैरहेको जस अनुसार सर्दु खोला र सेउती खोलामा स्टलहरु छठ समीतीले तयार गरीदिने र भक्तजनहरु बाट २ दिनका लागी सेवा सुल्क ११ सय लीने निर्णय गरेको बताएका छन् ।
धरानमा भरखरै भएको छठ पुजा समीतीको निर्वाचनमा विजय शाह निर्वाचित भएका हुन,भने उपाध्यक्षमा बब्लु शाह,कुमार शाह,दिपक अग्रहरी,दिपक भगत रहेका छन भने सचिव रमेस शाह,सहसचिब ममता पौडेल,कोषाध्यक्ष रविन शाह,सदस्यहरु राहुल शाह,मिन्टु शाह,सञ्जय राज शाह,सुनिल शाह,तारकेस्वर शाह,राजन शाह,सन्तोस चौधरी,अर्जुन शाह,संजय शाह,गणेस कुमार गुप्ता रहेका छन् ।
त्यसै गरी सल्लाहकारमा धरान २ का वडा अध्यक्ष रमेस कुमार राई,गोवर्दन शाह,सतिस चन्द्र गुप्ता,सिताराम आचार्य,रमेस कुमार शाह,मनोज शाह,प्रेम चन्द्र गुप्तार दिपेस शाह रहेका छन् ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो