कोशीको लगानी सम्मेलन वैशाख १८ र १९ मा हुने

खगेन्द्र कार्की

कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते गर्ने भनेको प्रदेशको लगानी सम्मेलन सरेको छ । बिहीबार बसेको कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले लगानी सम्मेलन अगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो ।

लगानी सम्मेलनको लागि पर्याप्त तयारी नभएको भन्दै यसअघि विपक्षी दल नेकपा माओवादी केन्द्रले आलोचना गर्दै आएको थियो । यस्तै लगानी सम्मेलन कहाँ र कसरी गर्ने भन्ने विषयमा निजी क्षेत्रका उद्योगी, व्यवसायीसँग पनि प्रदेश सरकारको विवाद भएको थियो । विवाद र पर्याप्त तयारी नभएको कारण लगानी सम्मेलन गरेको सरकारकै अधिकारीहरु बताउँछन् ।

यस्तै बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्त सम्बन्धी ऐन २९७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश बिउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ । यस्तै कोशी प्रदेश आम सञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक भने कानून न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेश गर्ने निर्णय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

खगेन्द्र कार्की
प्रतिक्रिया