जाजरकोटमा दुर्घटनामा परी एक बालकसहित पाँचजनाको मृत्यु

खगेन्द्र कार्की

इटहरी । जाजरकोटमा बोलेरो जीप दुर्घटना हुँदा एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । ग३च ९४४५ नम्बरको जीप बुधबार राति दुर्घटनामा परेको हो ।

दुर्घटनाबाट नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनका बालक छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताए ।

दुर्घटनामा घाइते भएका एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको जीप दुर्घटनामा परेको हो ।


खगेन्द्र कार्की
प्रतिक्रिया