इटहरी । विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १० जना प्रहरी नियन्त्रणमा परेका छन् । कोशी प्रदेशको झापादेखि कैलाली कञ्चनपुरसम्म प्रहरी अप्रेसनमा ती १० जनालाई पक्राउ गरिएको हो ।
झापाको बिर्तामोड नगरपालिका–३ पुण्डरी चोकबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीयअबिनास कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी केन्द्र राजधानी काठमाडौंसँग जोडिएको जिल्ला ललितपुर महानगरपालिका–४ धोबिघाटबाट अवैध लागुऔषध गाँजा १ किलोसहितसोही ठाउँ बस्ने ४२ वर्षिय कुमोद थापामगर समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस्तै कञ्चनपुर, बेलौरी नगरपालिका–१० दिपाघाटबाट अवैध लागुऔषध खैरोहेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय ८० मिलिग्रामसहित लालझाडीगाउँपालिका(५ बस्ने २१ वर्षिय प्रकाश महरा समेत २ जनालाई बिहीबार साँझ प्रहरीलेपक्राउ गरेको छ । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदैगरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरियाबाट अवैध लागूऔषध खैरोहेरोईनजस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ७० मिलिग्रामसहित कञ्चनपुर पुनर्वासनगरपालिका–१ बस्ने अर्जुन रानासमेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो