त्रिशुलीमा फेरी खस्यो बस, गयो ८ जनाको ज्यान, ४ जनाको सनाखत

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । काठमाडौंबाट बेनितर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा खस्दा ८ जनाको ज्यान गएको छ । ज्यान गएका मध्ये ४ जनाको सनाखत भएको छ । आठ जना घाइते भएका छन् । सनाखत भएकाहरुमा म्याग्दीको रघुगंगा–३ का ५० वर्षीय थानबहादुर भन्डारी, पर्वतको मोदी–१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी–८ का २४÷२५ वर्षीय सविन रम्तेल र कास्कीको फुलबारी–११ का २४÷२५ वर्षीय सुमन थापा रहेका छन् ।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । ‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी जैसवारले  जानकारी दिए ।  घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।



खगेन्द्र कार्की
प्रतिक्रिया