काठमाडौं । सत्ता पलटका लागि अमेरिका र इजरायलले सयुक्त रुपमा इरानमाथि गरेको आक्रमणले मध्यपूर्व आतंकित बनेको छ ।
खास गरेर इरानले अमेरिकी दस्ता र दबदबा भएका स्थानहरुलाई केन्द्रमा राखेर कारवाहीको शृंखला बढाएसँगै मध्यपूर्वको भूगोललाई निकै ठूलो असर परेको छ ।
मध्यपूर्वमा बढ्दो तनावपूर्ण परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको एडभाइजरीमा तत्कालका लागि यी दुई देशको यात्रा नगर्न र सुरक्षित रहन सुझाव दिएको छ । मन्त्रालयले परिस्थितिको सूक्ष्म निगरानी भइरहेको जनाउँदै त्यहाँ रहेका नेपालीलाई सम्बन्धित सरकारी तथा सुरक्षा निकायले जारी गरेका निर्देशनहरू कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
विज्ञप्तिअनुसार नागरिकहरूले सकेसम्म घरभित्र बस्न, सतर्क रहन, आवश्यक सावधानी अपनाउन र आफू रहेको क्षेत्रका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहनु पर्नेछ। साथै, स्थानीय अधिकारीको अनुमति बिना कुनै यात्रा नगर्न सचेत गराइएको छ। रोजगारी वा अन्य प्रयोजनका लागि इजरायल वा इरान जाने तयारीमा रहेका नेपालीलाई अवस्था सामान्य नभएसम्म यात्रा योजना स्थगित गर्न पनि मन्त्रालयले कडा सुझाव दिएको छ ।
यसैबीच, इजरायल, युएईलगायतका नेपाली राजदूतावासले पनि त्यहाँका नेपालीलाई सुरक्षा निर्देश कडाइका साथ पालना गर्न आग्रह गरेको छ । दूतावासले
नेपालीलाई....होम फ्रन्ट कमान्ड र अन्य इजरायली निकायबाट जारी हुने सुरक्षा सल्लाहहरू पालना गर्न, घरभित्र बस्न, नजिकैका सुरक्षित आश्रयस्थलमा रहन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।
राजदूतावासले स्थानीय समाचार र आपतकालीन चेतावनीहरू नियमित रूपमा अनुगमन गर्न र आवश्यकता परेमा राजदूतावाससँग प्रत्यक्ष सम्पर्क गर्न अनुरोध गरेको छ । आपतकालीन अवस्थाका लागि तेल अविवस्थित नेपाली राजदूतावास, काठमाडौँस्थित परराष्ट्र मन्त्रालय र कतारको दोहास्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा रहन नागरिकलाई सुझाव दिइएको छ ।
Maeve
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो