इटहरी । बराहक्षेत्र वडा नं. १ चौरस्थास्थित झण्डा चोकमा स्कुटर र पिकअप भ्यान दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घटना भएको थाहा पाउने वित्तिकै बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख घटनास्थल आएर घाइतेको उपचारको व्यवस्था, सहयोग र सहजीकरणमा भुमिका खेलेका थिए । नगरप्रमुखको साथमा वडा नं. ७ का वडाअध्यक्ष कपिल आचार्य समेत सँगै लागेर घाइतेको उद्दार, उपचारमा सहजीकरण गरेको वडाअध्यक्ष आचार्यले बताए । उनका अनुसार घटनास्थलबाट आमा लक्ष्मीलाई उपचारका लागि धरान पु¥याउने र छोरा अनमोललाई उपचारका लागि विराटनगर लैजाने काम भएको छ । स्कुटरमा सवार ३ जना मध्ये आमा लक्ष्मी धमला र छोरा अनमोल धमला घाइते भएका थिए । सोमवार दिउँसो करिव साढे दुई बजेको समयमा नडाहाबाट कोशीपुलतर्फ गई रहेको को २ प २५२८ नम्बरको पिक अप भ्यान र धरानबाट चतरातर्फ आइरहेको प्रदेश १–०२–०४६ प १०५९ नम्बरको स्कुटी दुर्घटनामा परेका थिए । वडाअध्यक्ष आचार्यका अनुसार घाइते दुवै जना खतरामुक्त रहेको बताए । आमा लक्ष्मीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान लगिएको र छोरालाई विराटनगर न्युरो अस्पतालमा उपचार भईरहेको छ । स्कुटीमै सवार समीक्षा आचार्यको भन्ने धरान स्थित बिपि कोइरला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइराखेको छ । उनी पनि खतरामुक्तनै रहेकी छिन् । स्कुटीमा सवार तिनै जना वराहक्षेत्र नगरपालिका वडा नं ७ सोमवारेका हुन् ।
उपचारकालागि धरान स्थित विपि कोइरला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएका आमाछोराको थप उपचारकालागि बिराटनगर स्थिउ न्युरो अस्पताल लगिएको थियो । धरान र बिराटनगरमानै पुगेर घाइतेहरुको उपचार , सहयोग सहजिकरणकालागि नगर प्रमुख रमेश कार्की र वडा नं ७ का अध्यक्ष कपिल आचार्य पुग्नु भएको थियो । पिक अप भ्यान र चालक आशिष शाहलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चतराले जानकारी दिएको छ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो