:— नारायण शर्मा —:
४८औं पुष्पलाल स्मृति दिवस ! सामान्यतया नेपाली राजनैतिक इतिहासमै र विशेषतस् नेपाली वामपन्थी कम्युनिस्ट क्रान्तिकारी आन्दोलनको इतिहासमा सबैभन्दा इमान्दार, सबैभन्दा क्रान्तिकारी र सबैभन्दा स्वच्छ, निष्ठावान र नैतिकवान राजनीतिक नेतृत्व, वैचारिक व्यक्तित्व, अविचलित योद्धा र अथक अध्येताको नाम हो – पुष्पलाल । त्यसैले सबैभन्दा श्रद्धेय, सबैभन्दा अनुकरणीय र सबैभन्दा स्तुत्य एक अद्वितीय व्यक्तित्व नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल नै नेपाली देशभक्तिपूर्ण र वाम(प्रजातान्त्रिक आन्दोलनको इतिहासका सर्वश्रेष्ठ र सर्वमान्य नेतृत्व नै हुनुहुन्छ भन्दा अत्युक्ती हुँदैन ।उहाँले क्रान्तिकारी कम्युनिस्ट विचार, राजनीति, संगठन र संघर्षका क्षेत्रमा योगदान दिनका लागि अवलम्बन गर्नुभएका सर्वहारावर्गीय भावना, मूल्यमान्यता, जीवनशैली, संस्कार र संस्कृतिको आधारमा गर्नुभएको त्याग, तपस्या, बलिदान र कीतिमानको हार्दिक स्मरण गर्ने, तिनको आत्मसातीकरण गर्ने र कार्यान्वयन गर्नको लागि दृढ प्रतिबद्धता र कसिलो प्रतिवद्दता व्यक्त गर्ने एक ऐतिहासिक अवसर हो( आज साउन ७ गते ४८ औं पुष्पलाल स्मृती दिवस । यससन्दर्भमा म उहाँप्रती भित्री दिलदेखि नै हार्दिक श्रद्धासुमन र क्रान्तिकारी अभिवादन अर्पण गर्नु आफ्नो अहं कर्तव्य ठान्दछु १साथै, आज देसमा बढ्दो, खुला र नाङ्गो वैदेशिक हस्तक्षेप र त्यसका अगाडि घुँडा टेक्दै नेपाली शासक वर्गले गर्दै आएको दलाली, गद्दारी र राष्ट्रिय आत्मसमर्पणको निकृष्ट र घृणित प्रवृत्ती र गतिविधिको यो गम्भीर, संवेदनशील र भयावह परिस्थितिमा पुष्पलाल र उहाँका विचार, भावना र कर्महरुको समुचित योगदानको स्मरण, श्रद्धा र मूल्यांकन गर्नु र सो अनुसार सही, सैद्धान्तिक र सान्दर्भिक विचार, नीति र कार्यक्रमहरुलाई गम्भीरता पूर्वक अवलम्बन गरी दृढतापूर्वक कार्यान्वयन गर्नु(गराउनु जरुरी भएको छ ।नेपाली देशभक्त, जनवादी र क्रान्तिकारी जनता, कार्यकर्ता र नेताहरुले पुष्पलाललाई स्मरण र श्रद्धागर्नुमा उहाँका केही विशिष्ट देनहरु छन् । यसका साथै उहाँमा रहेका सिद्धान्तप्रतिको अविचल निष्ठा, नीतिप्रतिको दरिलो प्रतिबद्धता, विषयवस्तुको गहिरो अध्ययन र कार्यशैलीको सरलता, व्यावहारिक इमानदारी, कर्मप्रतिको समर्पण र क्रान्तिप्रतिको विश्वासजस्ता केही विलक्षण गुणहरु स्मरणीय र अनुकरणीय छन् । उहाँले नेपाल कम्युनिस्ट पार्टीको स्थापना र घोषणापत्र लेखन तथा संगठन विस्तार, सुदृढीकरण, पुनर्गठन र क्रान्तिकारीकरण एवं वर्गसंघर्ष र राजनीतिक संघर्षलाई प्रमुखताका साथ सम्पन्न गर्नुभयो । राजनीतिक शक्तिहरुको सूक्ष्म र सही विश्लेषण गर्दै राजनीतिक रणनीती र कार्यनीति ठोस गर्नुभयो । यससन्दर्भमा प्रधान दुश्मनका विरुद्ध उसका सम्पूर्ण विरोधी शक्तिहरु ९गौण दुश्मनहरु० मोर्चाबद्ध भएर लड्नुपर्ने संयुक्त जनआन्दोलनको बाटोको प्रवर्तन र दिग्दर्शन लगायतका केही उल्लेख्य योगदान गर्नु भएको छ ।यिनै योगदानहरुका कारण पुष्पलाल महान् , सदा स्मरणीय र सम्मानयोग्य हुनुहुन्छ भनी उच्च मूल्यांकन गर्न सकिन्छ । खासगरी बाह्य हस्तक्षेप र त्यसका अघि घुँडा टेक्ने राष्ट्रिय आत्मसमर्पणवाद र वर्गीय आत्मसमर्पणवादजस्ता घातक प्रवृत्तिमध्ये अहिले अत्यन्त गम्भीर, संवेदनशील र जरुरी महत्वको मुद्दा हो– बढ्दो साम्राज्यवादी हस्तक्षेप र त्यसका प्रती बिक्ने, झुक्ने र चुक्नेजस्ता राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन(प्रवृत्ती र गतिविधि । त्यसैले यससम्बन्धमा पुष्पलालका नीति, निर्णय र निर्देशन आज विशेष रुपले स्मरणीय र कार्यान्वयीय रहेका छन् । ती मुख्यतः यी हुन् ः प्रथम, नेपालमाथी वैदेशिक हस्तक्षेप ९उहाँकै शब्दमा मुख्यतस् एङ्ग्लो(अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकारवाद० तथा घरेलु सामन्ती प्रतिक्रियावादी शोषण(दमन भैरहेको र यो एक गम्भीर र जटिल आधारभूत समस्या भएकोले यसका विरुद्धको संघर्ष नेपाली जनवादी क्रान्तिको लागि सम्झौताहीन, संयुक्त र सशक्त संघर्ष गर्ने विचार । यसक्रममा पुष्पलालले नेपाली समाजको मेहनतपूर्वक मिहीन रुपमा गहिरो अध्ययन गरेर लेनिनले भन्नुभएझैं ठोस स्थितिको ठोस विश्लेषण गर्ने सन्दर्भमा तत्कालीन नेपाली समाजको वैज्ञानिक, वस्तुवादी र वास्तविक वर्ग विश्लेषण गर्नु र त्यस अनुसार गर्न–गराउन आजीवन इमान्दारीपूर्वक अडिग र अथकरुपले लागिपर्नु भयो । यसदौरानमा प्रमुख दुश्मनका विरुद्धमा गौण दुश्मनहरुसँग समेत मोर्चाबद्ध भएर लड्ने र त्यसको निम्ति नेपालको विशिष्टता अनुसार संयुक्त जनआन्दोलनको बाटोबाट अघि बढ्ने राजनीतिक लाइनको प्रवर्तन गरी लागू गर्न(गराउन अविरल प्रयत्न गर्नुभयो ।पुष्पलालले आफ्नो जीवनकालमा भए(गरेका देसी(विदेसी शोषण(दमन, हुकुम(हैकम र हस्तक्षेप(हालीमुहालीका विरुद्ध तीव्र विरोध र प्रतिरोध गर्नुभयो । यसक्रममा सन् १८१६ को सुगौलीसन्धी, १९४७ मा बृटिस(भारत र नेपालबीच सम्पन्न तृपक्षीय सम्झौता, गोरखा भर्ती केन्द्र, १९५० को नेपाल(भारत शान्ति तथा मैत्री सन्धी, १९५१ को भारतीय दवावमा राणाविरोधी ठूलो आन्दोलनकारी शक्ति कम्युनिस्ट शक्तीलाई निषेध गरी भएको राजा, राणा र नेपाली कांग्रेसबीचको त्रिपक्षीय कुख्यात दिल्ली सम्झौता र त्यसयता नेपाल(भारतबीच भए(गरेका कोसी(गण्डकी लगायतका सम्पूर्ण असमानतामूलक, असम्मानजनक, अपमानजनक र अन्यायपूर्ण सम्झौताहरु तथा अमेरिकी योजनामा ल्याइएको कथित ूनयाँ शिक्षा नीति २०२८ू को समेत तीव्र विरोध गर्नु भएको थियो । उल्लेख्य छ कि यस अघि पनि नेपालमा सन् १९५१ मा अमेरिकाले ‘प्वाइन्ट फोर कार्यक्रम’ मार्फत प्राविधिक, आर्थिक र संरचनागत सुधारका क्षेत्रमा सहयोगको नाममा हस्तक्षेप बढाउन थालेको भन्दै पुष्पलालले यस कार्यक्रमलाई ूअमेरिकी साम्राज्यवादको घुसपैठू को रूपमा व्याख्या गर्दै विरोध गर्नुभएको थियो ।यतिमात्र होइन उहाँले तिब्बत मामिलामा अमेरिकी गुप्तचर संस्था सीआईएले १९५० र ६० को दशककमा नेपालको मुस्ताङमा आफ्नो सैन्य अखडा बनाएर चीनको तिब्बतका सशस्त्र विद्रोही ९खम्पा विद्रोही० हरूलाई हतियार र तालिम दिएर गरेको गुप्त सैन्य परिचालनको पनि कडा विरोध गर्दै अमेरिकी गतिविधिका कारण नेपालको असंलग्न परराष्ट्र नीति संकटमा पर्ने र छिमेकी चीनसँगको सम्बन्ध बिग्रने चेतावनी पनि तत्कालीन घरेलु प्रतिक्रियावादी नेपाली राज्यसत्तालाई दिनुभएको थियो।यसरी नै वि.सं. २०१७ मा राजा महेन्द्रले सैन्य कु गरेर जननिर्वाचित सरकार र संसदीय प्रजातान्त्रिक व्यवस्थालाई विघटन गरी २०१९ मा पञ्चायती व्यवस्था ल्याए । त्यसपछि त्यस निरंकुश र निर्दलीय व्यवस्थालाई टिकाइराख्न अमेरिकासँग सैन्य सहायता र तालिम सहयोगका नाममा सम्झौता गरी ऊसँग आत्मसमर्पण गर्न लागेको भनी पुष्पलालले नेपाली सेनालाई विदेशी साम्राज्यवादी स्वार्थ र कम्युनिस्ट विरोधी मोर्चामा प्रयोग गर्न लागिएको भविष्यवाणी गर्दै त्यस्ता सैन्य सहायताको समेत विरोध गर्नुभयो ।यसैगरी, नेपालमा ग्रामीण विकास, स्वास्थ्य र शिक्षाका नाममा अमेरिकी संस्थाहरूको प्रवेशलाई विदेशी गैरसरकारी संस्थामार्फत नेपालमाथिको अमेरिकी हस्तक्षेपको दृष्टिले हेर्नुभयो । उहाँले यी संस्थाहरू दुर्गम क्षेत्रका जनतामा साम्राज्यवादी सांस्कृतिक प्रभाव विस्तार गर्ने र राजनीतिक सुराकी गर्ने माध्यम बनेको आरोप नै लगाएर सख्त विरोध जनाउनुभएको थियो ।यतिमात्र होइन, सीमान्तकृत र उपेक्षित जाती, क्षेत्र, लिङ्ग, धर्म, संस्कृतिका जन समुदायमा वैचारिक नियन्त्रण र आर्थिक(सांस्कृतिक प्रभुत्व बनाइराख्नको लागि हस्तक्षेप बढाउन अमेरिकाले नेपालका शिक्षण संस्थाहरू, पुस्तकालयहरू र सञ्चार माध्यमहरूमा लगानी गरेर पुँजीवादी तथा कम्युनिस्ट विरोधी विचार फैलाउन थालेको भन्दै उहाँले यसलाई ूसांस्कृतिक साम्राज्यवादको संज्ञा दिई विरोध गर्नुमात्र भएन अपितु स्वाभिमानी, स्वनिर्भर र प्रगतिशील राष्ट्रवादी चेतना र संस्कृति निर्माणमा जोड दिनुभयो ।मनन गरौं कि नेपालमा अमेरिकी हस्तक्षेप भैरहेको र यो निरन्तर बढिरहेकोले नेपाललाई दीर्घकालीन रुपमा गम्भीर समस्या हुने कुरालाई आजभन्दा ५०(६० बर्ष अघि नै प्रक्षेपण गर्नुभएको थियो ।पुष्पलालले यी र यस्ता अन्य कयौं नेपाल राष्ट्र र नेपाली जनताको हकहितविरोधी राष्ट्रघाती सन्धी(सम्झौता र सहमतिहरु गर्ने वैदेशिक शक्तिहरु र तिनका सामू चुप लागेर नतमस्तक बन्ने नेपाली नामका विदेसीका दलाल र दास आदि दुवैथरी शक्ति, संघसंस्था र राज्य आदि सबैको तीव्र निन्दा(भर्त्सना र विरोध(प्रतिरोध गरिरहनुभयो । यो उहाँको निकै ठूलो अडान र योगदान थियो । यसको समुचित र निर्णायक प्रयोग गरेर सशक्त प्रतिरोध आजसम्म पनि हुन सकेको छैन । आज नेपालमाथि अमेरिकी लगायत भारत, बेलायत आदि सम्पूर्ण साम्राज्यवादी शक्तिराष्ट्रहरुद्वारा भैरहेको बढ्दो हस्तक्षेप प्रयास र त्यसप्रति नेपाली घरेलु प्रतिक्रियावादी शक्तिहरुले विगतदेखि नै गर्दै आएको र हाल पूर्ण आत्मसमर्पण गरेको समयमा साम्राज्यवादी हस्तक्षेप र तिनका सामू गरिएको राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध नेपाल र नेपाली जनताका पक्षमा उभिने र लड्ने सम्पूर्ण देशभक्त, जनवादीर लोकतन्त्रवादी र वामपन्थी कम्युनिस्ट क्रान्तिकारी राजनीतिक शक्ति, समूह, संघसंस्था र अभियान(आन्दोलनहरु समान विचार(आचार र लक्ष(उद्देश्यअनुसार आवश्यकता र सम्भाव्यता हेरी एकताबद्ध र मोर्चाबद्ध भएर संयुक्त प्रतिरोध आन्दोलनरयुद्धको बाटोबाट राष्ट्रिय मुक्ती आन्दोलनलाई सफल पार्नु पर्ने अहिले हाम्रो सर्वोपरि जिम्मेवारी भएको छ, जुन दूरगामी महत्वको बाटोको दिग्दर्शन पुष्पलालले उहिल्यै गर्नुभएको थियो ।त्यसैले आज साउन ७ गते उहाँको ४८ औं स्मृती दिवसका सन्दर्भमा उहाँका उपरोक विचार , विश्लेषण र संश्लेषणलाई स्मरण, अवलम्बन र कार्यान्वयन जरुरी छ । आउनुहोस् हामी यस्ता सोंच राख्ने सबै शक्तिहरु एक ठाउँमा बसेर पुष्पलाललाई सम्झौं, उहाँले देखाएको बाटोबाट अघि बढ्ने प्रणप्रतीज्ञा गरौं । पुष्पलालले देखाएको यही संयुक्त प्रतिरोध संघर्षरयुद्धको बाटोबाट अघि बढेर मात्र नेपाल र नेपालीलाई स्वाधीन, समतामूलक, जनअधिकारसम्पन्न, समृद्ध, शान्त र सुखी बनाउन सकिन्छ, सक्नैपर्छ र सकौं ! ratopati
८ साउन २०८३, शुक्रबार ०१:०६ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो