सुनसरीको माउन्ट एभरेष्टकी छात्रा निर्जला घिमिरे बक्तृत्वकलामा अब्बल

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । सुनसरीको दुहवी नगरपालिका  क्षेत्रभित्र बसेर विद्यार्थीलाई व्यवहारिक र गुणस्तरीय शिक्षासँगै स्वास्थ्यसँग जोडिएर अनेकन अतिरिक्त क्रियाकलाप गर्दै आएको माउन्ट एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुल र कलेजले भर्खरै सम्पन्न नगरस्तरीय बक्तृत्व कला प्रतियोगितामा पहिलो स्थान हासिल गरेको छ । दुहवी जेसिजले आयोजना गरेको सो प्रतियोगितामा विद्यालयले मेधावी छात्रा निर्जला घिमिरेलाई छनौट गरी पठाएको विद्यालयका संस्थापक एस. रहमान राइन बताउँछन । सो प्रतियोगितामा छात्रा घिमिरेले प्रथम स्थान आसिल गरेकी छिन् । राइनका अनुसार विद्यार्थीका यस्ता उपलब्धीहरु विद्यालयका गौरव भएको र यसलाई अरु विद्यार्थीभित्र लुकेका प्रतिभाहरु बाहिर निकाल्न हर्षित र उमंगित बनाउने गरेको बताएका छन् । उनले विद्यालय र समुदायबीचको घनिष्ठ सम्बन्ध स्थापित गराउने यस्ता क्रियाकलाप नै विद्यालयका सम्पत्ति भएको पनि बताएका छन् । 

साथै, यसअघि पनि छात्रा घिमिरेले प्याब्सन  जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा दोस्रो स्थान र प्याब्सन नगर स्तरिय प्रतियोगितामा पहिलो स्थान हासिल गरेकी थिईन । उनको त्यो प्रगति नै विद्यालयका आम विद्यार्थी र शिक्षकका लागि प्रेरणादायी बनेको पनि संस्थापक राईनले बताए । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया