आजको पाठकको पुर्पुरो : वि.सं. २०८० वैशाख १० गते (तद्अनुसार सन् २०२३ अप्रिल २३ तारिख) आइतबार

खगेन्द्र कार्की


मेष – मित्रजनको सहयोगले कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । आँटेको काम बन्नेछ साथै मनोरन्जनका साथ दिन बित्नेछ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहला । शत्रु परास्त हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – व्यस्तता बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण रहला । मनोकूलको काम बन्नेछ । आम्दानीका स्रोतहरू बढ्नेछ । शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति होला । व्यापार–व्यवसायमा पनि फाइदा हुने समय छ । परोपकारमा मन जाला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मिथुन – आज स्वास्थ्यमा कमजोरी तथा शारीरिक दुर्बलता बढ्ने योग भए पनि धन आर्जन होला । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान पाइनेछ । दामपत्य सुख बढ्नेछ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आजको दिन वादविवादको योग रहेकोले सावधान रहनुहोला । स्वास्थ्यमा पनि सामान्य समस्या रहन सक्छ । तथापि, नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन् । ख्याति फैलिनेछ ।

सिंह – पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ । जागिरमा पदोन्नतिको योग छ । अध्ययनअध्यापन फलदायी रहनेछ । आज आत्मीयजनसँग बिछोडको योग पनि छ । कार्यबोझ वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

कन्या – बोलीको प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ । आफन्तजन र सन्तान पक्षबाट सहयोग मिल्नेछ । याात्रामा मन रमाउला । दाम्पत्य जीवन सुखमय रहनेछ भने व्यवसायमा लाभ मिल्ला । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । विलासमा रुची बढ्ला ।

तुला – जिम्मेवारीमा जश मिल्ला । रोकिएका काम बन्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र हौसला मिल्नेछ । नयाँ कार्यमा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – दिन सामान्य छ । दायित्व र कर्मबल बढ्नेछ । विश्वासपात्रबाटै धोका मिल्न सक्ने समय छ, सावधान रहनुहोला । मानसिक चञ्चलता र उत्साह भने बढ्नेछ । अप्रिय समाचारले दुःखी तुल्याउन सक्छ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । खर्च बढ्ने र अर्थ अभावले काम रोकिने सम्भावना छ । आमोदप्रमोदको अवसर जुर्न सक्छ । रचनात्मक कार्यमा सफल रहनेछ ।

धनु – काममा कठिनाइ देखिए पनि अन्ततः खशी मिल्नेछ । लामो समयदेखि रोकिएका काम बन्ने समय छ । पुराना साथिसंगी संग भेटघाट गर्ने अवसर जुट्ला । सामर्थ्य बढ्नेछ भने देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – अध्ययन अध्यापनको लागि अनुकुल समय छ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ । लाभदायी काममा भागदौड बढ्नेछ । शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग प्राप्त होला ।

कुम्भ – दिन त्यति उत्साहवर्द्धक नरहला । दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । व्यापार–व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको योग छ । कामबाट विश्राम लिने अवसर आउला । रसरागको भाव वृद्धि हुनेछ ।

मीन – दैनिक कार्यमा केही समस्याहरू देखिने योग रहेकोले सावधान रहनुहोला । खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथीभाइको सहयोग सामान्य रहनेछ । सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला । तापनि, लगानीको उचित प्रतिफल मिल्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आफन्तको साथ मिल्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया