सँधै लचिलो र नरम हुने इटहरी उपमेयर चौधरी १३४ औं बैठकमा कडा रुपमा प्रस्तुत, विशेष सभा बोलाउन प्रक्रियामा जाने उद्घोष

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । करका विषयमा छलफल गर्ने गरी तय भएको इटहरी उपमहानगरपालिकाको १३४ औं बैठकमा उपमेयर संगीता चौधरीले करका विषयमा राखेको प्रस्ताव एजेण्डामा नराखेपछि विवाद बढेर बैठक स्थगित भएको छ । उपमेयर चौधरीका अनुसार आफूले इटहरीबासीका लागि कर घटाउनुपर्छ भन्ने मान्यताका आधारमा आजको बैठकमा राजश्व परामर्श समितिको प्रतिवेदन आफूले बुझाउने कार्यक्रम रहेको बताएकी छन् । सो विषयमा छलफल गरौं भनेर प्रस्ताव राख्दा कार्यपालिका बैठक स्थगित गरेर मेयर हेमकर्ण पौडेल गएको पनि उपमेयर चौधरीले बताएकी छन् । यसप्रति दुःखी भएको र इटहरीबासीका लागि चिन्तत रहेको पनि उनले बताईन । उपमेयर चौधरीले कार्यपालिकाका सदस्यहरुको हस्ताक्षर गरेर विशेष सभाको माग गर्ने पनि बताईन । 

करका विषयमा छलफल गर्ने गरी बिहीबार बसेको इटहरी उपमहानगरपालिकाको १३४ औं बैठक एजेण्डामा आउनु अगावै भाँडिएको छ । उपमेयर र कार्यपालिका सदस्यले एजेण्डाको सूचिमा राख्न दिएका 

बैठक सुरु भएपछि उपमेयर चौधरीले भनिन– ‘मैले दिएको ऐजेण्डा आएको छैन । मैले यो एजेण्डा राखौं भनेर मेयरलाई पनि भने, प्रमुख प्रशासकीयलाई पनि भनेँ, तर त्यो एजेण्डा किन आएन ?’ उनले सोधिन् । 

शिक्षा समितिको बैठकले गर्नुपर्ने एउटा निर्णय शिक्षा समितिका संयोजकसमेत रहेका मेयरले एकलौटी पत्र काटेर गरेको विषय नै बैठकमा पचिलो बन्यो ।

जनता माविको स्थायी शिक्षकको पदपूर्ती गर्ने सम्बन्धमा जनता मावि इटहरीलाई स्थायी शिक्षक सरुवा गर्ने पत्र मेयर पौडेलले दिएका थिए । हुन त त्यो विषयमा शिक्षा समितिको बैठकमा छलफल पनि भएको थियो, तर छलफल टुंगोमा पुग्न सकेको थिएन । माथि काउन्ट भइसकेको रिक्त दरबन्दीमा शिक्षा समितिले पदपूर्ती गर्न मिल्दैनथ्यो । तर, समितिमा कुरा समेत नमिलेपछि मेयर आफैले पछि फेस गर्ने गरी पत्र लेखेर पठाइदिए । 

मेयरको त्यो निर्णयलाई कार्यपालिकाको बैठकमा एजेण्डा राखेर खारेज गर्नुपर्ने माग उपप्रमुख चौधरीलगायत एमाले सदस्यहरुको थियो । शिक्षा समितिबाट पास नगराइ एकलौटी सहमती दिएर मेयरले शिक्षा समितिको अवहेलना गरेको आरोप उपप्रमुख चौधरीले लगाएकी थिइन् । 

सदस्य प्रभात आचार्यले समेत मेयरको पत्रलाई खारेज गरी दशैं तिहारको बिचमा शिक्षा समितिको बैठक बसेर विधिवत तरिकाले पास गराएर ल्याउने निर्णय आजको कार्यपालिका बैठकमा गर्न माग गरेका थिए ।

यसैबिच मेयर पौडेलले शिक्षा समितिको बैठक नबसेको बताए पछि माहोल आरोप प्रत्यारोपमा परिणत भयो । 

‘बैठकमा छलफल पनि भएको हो, सहमती हुन सकेन । अहिले बैठक नै नबसेको भनेर ढाँट्न मिल्छ ?’ सुवेदीले थपे ।

यता मेयर पौडेलले भने त्यो विषयलाई शिक्षा समितिमा छलफल गर्ने र त्यहाँ पास हुन नसके मात्र कार्यपालिकामा ल्याएर खारेज गर्ने बताएका थिए । उनले कार्यपालिका बैठकमा पछि निर्णय हुने गरी धेरै काम हुने गरेको र यो पनि सोही प्रकृतिको रहेकोले बिचमा शिक्षा समितिले निर्णय गरेर अर्को कार्यपालिकामा ल्याउने प्रतिबद्धता जनाएका थिए । उनले सो विषयलाई अर्को कार्यपालिका बैठकमा एजेण्डा राखेर छलफल गर्नेगरी अहिले अन्य एजेण्डामा प्रवेश गर्न पटक पटक आग्रह गरेका थिए । 

प्रमुख प्रशासकीय अधिकृत रामचरित मेहताले पनि मेयर पौडेलको भनाईमा समर्थन जनाउँदै आफ्ना भनाई राखेका थिए । 

तर कार्यपालिका सदस्यहरुले मानेनन् । उनीहरुले भोलि नै शिक्षा समितिको बैठक बोलाउन माग गरे ।

त्यसपछि मेयर पौडेल झोक्किए । ‘तपाईहरु सरकार सञ्चालन ऐन पढ्नुहुन्न कि क्या हो ? कार्यपालिकाको बैठकमा अध्यक्षलाई सदस्यले बैठक बोला भनेर निर्देशन गर्न मिल्छ ?’ उनले भने, ‘ऐन सम्मत छैन, विधि सम्मत छैन, अर्को पटक ल्याउँछु भनेर भनेँ, त्यो प्रतिबद्धता होइन ? अझ के चाहियो ? यस्तो विषयमा पनि लिखित निर्णय चाहियो ?’ सदस्यहरुको विरोध जारी रहेपछि मेयर पौडेल बैठक अन्त्य भएको घोषणा गरेर हिडेका थिए । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया