दमक । झापाको दमकमा मंगलबार भव्यरुपमा गाईजात्रा सम्पन्न गरिएको छ । यहाँ रहेको नेवाः देय दवुको आयोजना तथा झिंगु समाज दमक नगर कमिटीको सहआयोजनामा गाईजात्रा सम्पन्न भएको हो । यो अवसरमा दमकमा एक यो वर्ष मृत्यु भएका १८ जना नेवारी समुदायका पितृहरुको तस्वीर सहित ¥याली निकालिएको छ ।
दमक ७ स्थित राधाकृष्ण मन्दिरबाट लाखे सहित निकालिएको ¥याली सुर्ती लाइनहँुदै हनुमान मन्दिरबाट दक्षिणतर्फ पशुहाट जानेबाटोबाट इलाका प्रहरी कार्यालय अगाडी केहीबेर रोकिएर दमक चोकतर्फ लागेको थियो । प्रहरी कार्यालय पछाडीको पुरानो मालपोत कार्यालयबाट प्रवेश गर्दै पूर्व पश्चिम राजमार्गमा निस्केको ¥याली आकाशे पुल पश्चिमपट्टि केही समय पानी पिउँन बिश्राम गरेको थियो ।
त्यसपछि ट्राफिक प्रहरी कार्यालय छिर्ने मोडबाट फर्किएको ¥याली फर्निचर लाइनहँुदै शंखधर चोकमा फलफूल र खाजा खान बिश्राम गर्योे । त्यसपछि ¥याली पुनः राधाकृष्ण मन्दिर अगाडिनै पुगेर समापन भएको थियो । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी परिक्रमा गर्नाले वर्षभर मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी नदी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो