दमक/दमक नगरपालिका वडा नं. ५ मा लक्ष्मीनारायण मन्दिर अन्र्तगत श्री लक्ष्मीनारायण बाहुउद्देश्यीय दशगात्रा (क्रियापुत्री) भवन निर्माणका लागि शिलान्यास भएको छ । प्रमुख अतिथि कोशी प्रदेश सांसद होमबहादुर थापा र विशिष्ट अतिथि दमक नगरपालिका नगरप्रमुख रामकुमार थापासहित उपस्थित जनप्रतिनिधि तथा धार्मिक व्यक्तित्वहरुले सो शिलान्यास गरेका हुन ।
श्री लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद मिश्रको अध्यक्षतामा आयोजित सो कार्यक्रममासमाजसेवी मेघराज तिम्सिना, वडाअध्यक्षहरु इन्द्र गुरुङ, हरी न्यौपाने, प्रजापती सापकोटा, नविन बराल, पुण्यप्रसाद दाहाल, टेकबहादुर थापा, भिमप्रसाद पौडेल, दिपेश दाहाल, कुवेर भट्टराई, राजेन्द्रप्रसाद भण्डारी, जनप्रतिनिधिहरु, उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमक रेडक्रसका सभापति प्रकाश बुढाथोकी, जग्गादाताहरु गणेश बस्नेत, भगवान बस्नेत, वेदराज बस्नेत, नन्दीकेशर अधिकारी, सुरेश सुब्बा, घनेन्द्रराज योङ्या, कुमार निरौला, मदन कुमार अधिकारी, सत्य नारायण चौधरीलगायत विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्वहरुको आतिथ्यता तथा स्थानीयको बाक्लो उपस्थितिमा सो शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले सहर, बजार बिस्तार भईरहेको र जग्गा साँघुरिँदै गईरहेको अवस्थामा अत्यन्तै पुण्यको कामको सुरुआत भएको बताए । उनले अघिल्लो वर्ष पनि केही बजेटको व्यवस्था भएको तर कार्यान्वयन गर्न नसकिएको सन्दर्भ कोट्याउँदै अबका दिनमा प्रदेश सरकार र व्यक्तिगत तर्फबाट सकेसम्मको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै दमक नगरप्रमुख रामकुमार थापाले दिनदिनै बढ्दै गएको जनघनत्वले अति आवश्यक ठानिएको क्रियापुत्री भवन र दाहसंस्कार स्थल अनिवार्य भएको बताए । मानिसको जीवनसँग जोडिएका अन्तिम कर्ममा प्रयोग हुने विभिन्न विषयको व्यवस्थापनका क्रममा निर्वाचित हुने वित्तिकै ३५ लाखमा सववहानको व्यवस्थापन गरिएको बताए । दाहसंस्कारको लागि माइ जान नपरोस भनेर दमक २ मा अन्तिम चरण पुगेको बताए । थापाले आम्दामा शव गृह बनाउने योजनामा पनि ठाउको कारणले अगाडि बढ्न नसकेको बताए ।
खड्केको कुरा क्रियापुत्री भवनको कुरा छ, दमक ९ मा रहेको सर्वेश्वर मन्दिरको प्राङ्गणमा यहि साउनमा भवन उद्घाटन गर्ने अवस्थामा पुगेको सुनाए । उनले दमक ७ मा पनि बजारको अत्यन्तै घनत्व भएको ठाउँमा जग्गा व्यवस्थापन गरेर आगामी वर्षबाट क्रियापुत्री भवन सुरु गर्नुपर्छ भनेर योजना बनिरहेको बताए । उनले यस मन्दिरमा पुराण लगाएर जग्गा व्यवस्थापन गरेर पुरा गर्ने गरी निर्माण समिति अगाडि बढेकोमा खुशी व्यक्त गरे । उनले भने– दमक नगरपालिकाको जग्गा दिनसक्ने हैसियत नभएको अवस्थामा पनि यस मन्दिरको समितिबाट यतिसम्म ल्याई पु¥याएको भन्दै प्रशंसा समेत गरे ।
वडा नं. ९ मा बनेको भवन ४० लाख खर्च गर्दा सामान्य काम चलाउ भएको छ तर अहिले यो भवन निर्माणमा जुन संग्रहालयसहितको उद्देश्य राखिएको छ सकेको सहयोग गर्ने कुरामा कुनै कमी हुन नदिईने तर बजेट ठूलो भएको हुनाले चाँडै सम्भावना कति हुन्छ त्यसतर्फ चिन्ता र चासो दिन आवश्यक रहेको औंल्याएका छन् । उनले भने सामान्य हिसाबले बनाउन सकिने भए पनि जुन उद्देश्यका साथ बनाउने योजना बनाइएको छ त्यसको लागि प्रदेश र केन्द्रसम्म पुगेर योजनामा समेत पार्ने कोसिस गरेर, संघीय मन्त्री र प्रधानमन्त्रीलाई भेटेर पनि अगाडि जाने सकिने र त्यसतर्फ नगरपालिकाले समन्वय गरिदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत हामीले प्राप्त गर्ने बजेटको शीर्षकभित्र यस मन्दिरको क्रिया घर निर्माणलाई समेत हालिएको बताए । उक्त मन्दिरमा सहभागी सबैलाई मन्दिर व्यवस्थापन समितिले अक्षय तृतियाको अवसरमा शुभकामनासहित सातु र फलफुल वितरण गरेको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो