इटहरी । देशको राजनीति मोडिएको छ । अबको राजनीति कता जाने हो कसैलाई पत्तो छैन । सरकारले अधिनायकवाद लाद्दै पञ्चायती झझल्को दिन खोजेको आरोप लाग्दैछ । सत्ता पक्षले आफ्नै ठाउँबाट शक्तिको उन्मादमा विपक्षीको आवाज दबाउन अनेकन प्रपञ्च रच्दैछ, बोल्दैछ र गर्दैछ । १०० दिनको कामको फेहरिस्ता पस्कँदै जनताले अनुभूति नै नगर्न नसकेका कामहरु प्रस्तुत गरिरहेको छ । त्यही सरकारी रवैयाका विरुद्धमा प्रतिपक्षमा रहनेहरु पनि बिस्तारै गोलबद्ध हुने घटनाक्रमले देखाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्दोलन चलिरहेकै बेला प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले यहि आउँदो कात्तिक १० गते काठमाडौं बृहत खबरदारी सभाको आयोजना गर्ने निर्णय गरेको छ । सरकारका गलत कामको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षणसहित सो खबरदारी सभा हुने बताइएको छ । यसबाट के प्रष्ट हुन्छ भने बिस्तारै प्रतिपक्ष दलहरु सरकारका विरुद्धमा मोर्चाबन्दीमा उत्रिँदैछन् ।
लामिछानेमाथि ठगी र संगठित अपराधमा अनुसन्धानका लागि प्रहरीले पाएको म्याद आज सकिँदै छ ।
आइतबार कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको थियो । तर, लामिछाने शुक्रबारै पक्राउ परेकाले बुधबार म्याद सकिन लागेको हो ।
रवि निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्ने माग गर्दै रास्वपा समर्थकहरूको आन्दोलन भने जारी रहनेछ । बुधबार पोखराको सिर्जनाचोकमा प्रदर्शन गरेका छन् । लामिछानेलाई म्याद थपका लागि भोलि अदालतमा पेस गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । भोलि रविलाई अदालतमा पेस गर्ने भएपछि रास्वपा झनै जोडका साथ आन्दोलन गर्ने तयारीमा रास्वपाको तयार रहेको कोशी प्रदेश वक्ता कमलबाबु मैनालीले बताए । लामिछानेलाई सहकारीको रकम अपचलन भएका पोखरासहित बुटवल, चितवन र काठमाडौंमा समेत अदालतमा उपस्थित गराउने तयारी भइरहेको स्रोतको दावी छ ।
सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच दिनदेखि विरोध जारी राखेको छ । बुधबार पोखराको सृजनाचोकबाट विरोध सुरु भएको हो ।
विरोधमा सहभागी रास्वपाका नेता कार्यकर्ताले ‘रवि दाइलाई न्याय दे’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘भ्रष्ट सरकार चाहिँदैन’ लगायतका नारा लगाएका छन् । राष्ट्रभक्तीको गीत घन्काएर नाचेका छन् ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लगायत सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम लगेको आरोपमा शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताकार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् । शनिबार बिहान पोखरा ल्याएपछि रास्वपाको शक्ति पोखरा केन्द्रित भएको छ । शनिबार मानवअधिकार चोक, आइतबार शहिदचोकमा विरोध प्रर्दशन गरेका थिए । आइतबार रास्वपाका समर्थकले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेपछि दिनभर प्रहरीसँग धकेलाधकेल चल्यो । प्रहरीले पानीको फोहोरासँगै अश्रुग्याँस हानेको थियो । पछि भीड नाराबाजीसहित पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भयो । सोमबार पृथ्वीचोकबाट नयाँबजार हुँदै मानवअधिकारचोकमा पुगेर कोणसभा गरेको रास्वपाले मंगलबार सृजनाचोकदेखि पृथ्विचोकसम्म विरोध ¥यायाली निकालेको थियो । आज बुधबार पनि उनीहरुले पोखरामा प्रदशैन जारी राखे ।
कोणसभालाई सम्बोधन गर्दै रास्वपा सांसद सोबिता गौतमले नेपालमा लोकतन्त्रको जगमा टेकेर तानाशाहको जन्म हुन थालेको छ । यो प्रविधि नेपालमा मात्र नभएर विश्वमै लोकतन्त्रलाई टेकेर संक्ति सिंचित गरेर तानाशाह बन्ने प्रवृत्ति मौलाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोविता गौतमले बताईन् । उनले पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका अभियन्ताहरुलाई
सम्बोधन गर्ने क्रममा सो कुरा बताएकी हुन । तानाशाहहरुले पहिलो भत्काउने संरचना भनेको अदालत रहेको पनि उनले बताईन । राजनीतिक नियुक्तिका नाममा सबै संरचनामा कब्जा जमाउने काम गरेर उनीहरु अरुको आवाज दबाउनतिर लाग्छ त्यही आवाज दबाइने क्रममा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको घाँटी निमोटिएको उनले बताईन । गल्तिनै नभएको व्यक्तिलाई समाएर जेल हालेर नांगो ताण्डव सरकारले देखाइरहेको छ र यसलाई चिर्न राष्ट्रिय स्वतन्त्र पार्टी हरदम लागिरहेको पनि उनले बताईन । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा कोशीका रास्वपाका नेता लालविक्रम थापाले पोखरामा जनसागर उर्लिँदा सिंहदरबार र बालुवाटार हल्लिएको प्रतिक्रिया दिएका छन् ।
सरकारका सय दिन
सरकारको प्रमुख साझेदार नेपाली कांग्रेसका नेताहरुले औंला देखाएका व्यक्तिमाथि धरपकड गर्ने र अनावश्यक दुःखदिने काम सरकारका यि १०० दिनमा धेरै भएका छन् । मननपरेका व्यक्तिको नामको टिसर्ट लगाएर कन्सर्टमा पसेका व्यक्तिदेखि फेसबुक तथा सामाजिक सञ्जालमा लेख्ने सम्मका व्यक्तिलाई सरकारी रवैया देखाएका छन् । झन सहकारी ठगी गरेको भन्दै संसदीय छानविन समितिले तोकेका व्यक्ति लामिछानेलाई छोड्ने कुरै भएन, समाएर अहिले खोरमा हालेको छ । संसद् चल्दा होस् वा नचल्दा प्रतिपक्षप्रतिको हेराईमा कहिल्यै सकारात्मक सोच बनाउन सरकारले सकेन । खास गरी माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रधानमन्त्रीत्व कालमा गृहमन्त्रीको हैसियतबाट रवि लामिछानेले गरेका कामबाट असन्तुष्टि बढेको विषय अहिले सडक र अदालतसम्म पुगेको हो ।
हिजो भ्रष्टाचारको हदम्याद कायम गरेर जान तयार भएका प्रधानमन्त्री केपी शर्मा ओली आज कुनै पनि कालखण्डका भ्रष्टाचारीलाई नछोड्ने निस्कर्षमा पुग्नु आश्चर्यजनक बनेको छ ।
बुधबार सय दिनका उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रस्टाचारीमाथि कारबाही हुने बताएका छन् । सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारबाही सुरु गरेको बताए । “हालसम्म ६ सयभन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५७५ भन्दा बढी त जेलमा रहेको समेत उल्लेख गरे । यद्यपि उनले ति सहकारी ठगहरु आफ्नै सरकारभित्र छन भन्ने हेक्का चाहि राखेनन् । एकोहोरो सत्तासँग नजोडिएका व्यक्तिहरुप्रति मात्र लक्षित गर्दै भनेको देखियो । भ्रष्टाचारको नाङ्लो थापेर सरकारमा बसेकाहरुलाई उनले आफ्नो कार्यकालभरि सत्ता र शक्ति जोगाउनका लागि कुनै कारवाही गर्न नसक्ने देखिए पछि केही गरेको देखाउन कै लागि रवि लामिछानेलाई पक्राउ गर्न सेटिङ मिलाएर लामिछानेलाई पक्राउ गरेको रास्वपाका नेताहरुले आरोप लगाईरहेका छन् । एउटा कन्सर्टमा आफुलाई मनपरेको मान्छेको नाम र फोटो अंकित टि–सर्ट लगाएर पसेको देख्न नसक्ने सरकारका आँखाले पोखराको त्यो जनसागर कसरी देख्ला भन्ने प्रश्न पनि उब्जिएको छ । रविलाई पक्राउ गर्न अदालतमा न्यायधिस नै सेटिङ गरेर पक्राउ पुजी जारी भएको रास्वपाका नेताहरुको आरोप छ ।
कांग्रेसको असन्तुष्टिको विज्ञप्ति
सरकारका तर्फबाट केपी बोल्दा बोल्दै यता नेपाली कांग्रेसले पनि रास्वपाको आन्दोलनप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गरेको छ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेका पछिल्ला गतिविधिले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन तथा उपहास गरेको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको हो । सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको समर्थनमा पोखरामा भइरहेको प्रदर्शनप्रति लक्षित गर्दै काँग्रेसले हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया तथा अनुसन्धानलाई प्रभावित पार्न खोजिरहेको आरोप पनि लगाएको छ ।
सत्तापक्षको बैठकको असन्तुष्टि
यता नेपाली कांग्रेस र एमालेको सत्ता पक्षको बैठकले समेत न्याय निरुपणको प्रक्रिया प्रभावित पार्ने काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ । पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी र संगठित अपराध अनुसन्धानका लागि पक्राउ परेको विरोधमा रास्वपाले विरोध प्रदर्शन गरिरहेका बेला सत्तारुढ दलका नेताहरुले न्याय निरुपणको प्रक्रियालाई प्रभावित गर्नेगरी विरोध प्रदर्शन नगर्न आग्रह गरेको हो । बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भीड जम्मा गर्ने र लोकतन्त्रलाई कमजोर बनाउने, न्याय निरुपणको प्रक्रिया र अदालतलाई समेत प्रभावित तुल्याउने खालको रास्वपाको गतिविधि उचित नभएको निस्कर्ष निकाल्दै सबै सत्तारुढ दलहरुले पनि आ—आफ्नो तर्फबाट त्यसो नगर्न वक्तव्यमार्फत आग्रह गर्ने निर्णय पनि गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो