मलेसियाबाट घर आउँ, स्वदेशमै बसेर परिवार तथा देश बनाऔं

फाष्ट मिडिया नेपाल संवाददाता

https://my.nepalembassy.gov.np/wp-

इटहरी । मलेसियामा गैरकानुनी रुपमा बसेका, फसेकाहरुलाई सुनौलो अवसर प्रदान गरेको छ । घर फिर्तीको कार्यक्रम ल्याएर नेपाली मात्र नभएर विभिन्न देशका नागरिक जो अवैधानिक रुपमा मलेसियामा बसिरहेका छन, तिनीहरुलाई लक्षित गरेर मलेसियन सरकारले यस्तो अवसर दिएको हो । मलेसियाले अवैधानिक रूपमा बसेका विदेशी श्रमिकका लागि २०८० माघ १८ देखि २०८१ पुष १८ गते सम्मको  समयसीमा राखेर आजैदेखि लागु हुने गरी उक्त घर फिर्ती कार्यक्रम लागू गरेको हो । 

आप्रवासी स्वदेश फिर्ता कार्यक्रमअन्तर्गत बढीमा पाँच सय मलेसियन रिङ्गेट जरिवाना तिरेर घर फर्किन सक्ने प्रावधान मलेसिया सरकार बनाएको छ । उक्त अवसरको भरपुर सदुपयोग गरेर स्वदेश फर्किन मलेसियास्थित नेपाली राजदूतावासले आग्रह समेत गरेको छ । दुतावासको वेवसाइडमा राखिएको अत्यन्तै जरुरी सूचनामा मलेसियामा विना भिसा प्रवेश गरेका वा भिसाको म्याद गुजारेर बसेकाको हकमा पाँच सय मलेसियन रिङ्गेट जरिवाना र भिषाको नियम उल्लंघन गरी मलेसियामा बसेकाहरूको हकमा तीन सय रिङ्गेट जरिवाना तिर्नुपर्ने उल्लेख गरेको छ । 

अवैधानिक रूपमा मलेसिया बस्दै आई घर फर्कन चाहने विदेशी नागरिकको सहरीकरणका लागि अध्यागमन विभागले कुनै निकाय वा व्यक्तिलाई जिम्मेवारी नदिएकाले घर फर्कन चाहने नेपाली आफैंले प्रक्रिया अगाडि बढाउनुपर्ने राजदूतावासले जनाएको छ । वैधानिक कागजात नभएता पनि जरिवाना रकम तिरेर सहज रूपमा घर फर्कन पाउने दूतावासले जानकारी दिएको छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया